समात्नेनै हो भने व्हाइट बोडीमा ४ अर्ब भ्रष्टाचार गर्नेलाई समात सरकार, आमालाइ ल्याएको सानो ब्लायक एण्ड व्हाइट मोबाइल थियो गोजीमा त्यो समातेर लिलामी किन गर्छौ सरकार !

अन्तराष्ट्रिय त्रिभुवन बिमानस्थल एयरपोर्टबाट स्वदेश फर्किदै गरेका नागरिकहरुको सामानहरुलाई कर्मचारीहरुले निगरानी कडाइ गरेपछी चारैतिर बिरोध भैरहेको छ । यसै सन्दर्भमा एक जना युवा मेघनाथ काफ्लेले प्रवास बाट एउटा भिडियो तैयार पार्नु भएको छ ।

आफ्नो फेसबुक सामाजिक संजाल प्रयोग गरि बैदेशिक रोजगारको शिलशिलामा गएका नेपाली प्रवासी युवाहरुको पक्षमा उनको भिडियो बोलेको छ । विमानस्थलमा विदेशबाट नेपाल आएका नेपाली युवाहरुको समान जफत गरेको विषय र वर्षौ बैदेशिक भूमिमा परिश्रम गरेर घर फर्किने बेला आफ्ना आफन्त आमाबुबालाई ल्याएको केहि कोशेली पनि विमानस्थल मै जफत हुन थालेपछि त्यसको कडा प्रतिरोध गर्दै यी युवा आफ्नो आवाज सबै सामु पुगुस भन्दै भिडियो मार्फत बोल्नु भएको छ ।

हेर्नुहोस बाकी भिडियो एकदमै मार्मिक शब्द हरुले सजिएको यो भिडियोले पक्कै पनि धेरै नेपाली हरु को मन छुने छ ।

भिडियो :