‘आईफोन चलाउन मन लागेको भए अरब तिर जाउ’ भन्दै एयरपोर्टका हाकिमलाई दिल निशानीले हाने झटारो

स्कटनेपाल युके,

अन्तराष्ट्रिय त्रिभुवन बिमानस्थल एयरपोर्टबाट स्वदेश फर्किदै गरेका नागरिकहरुको सामानहरुलाई कर्मचारीहरुले निगरानी कडाइ गरेपछी चारैतिर बिरोध भैरहेको छ । यसै सन्दर्भमा लेखक दिल निशानी मगरले निकै कडा टिप्पणी दिएका छन् । बिदेश रोजगारीमा रहेका युवाहरुको पक्ष लिंदै एरपोर्टका हाकिमहरुको व्यवहार प्रति निकै आक्रोसित भएका छन ।

लेखक दिल निशानी मगर आफ्नो फेसबुक सामाजिक संजाल प्रयोग गरि बैदेशिक रोजगारको शिलशिलामा गएका नेपाली प्रवासी युवाहरुको पक्षमा बोलेका छन् । निशानीले विमानस्थलमा विदेशबाट नेपाल आएका नेपाली युवाहरुको समान जफत गरेको विषयमा बोलेका हुन् । वर्षौ बैदेशिक भूमिमा परिश्रम गरेर घर फर्किने बेला आफ्ना आफन्त आमाबुबालाई ल्याएको केहि कोशेली पनि विमानस्थल मै जफत हुन थालेपछि त्यसको कडा प्रतिरोध गरेका हुन् ।

बिदेशमा पसिना बगाएर आइफोन खरिद गरि घरफर्कदै गरेका कामदारहरुको आइफोन र रेडलेवल माथि एयरपोर्टका हाकिमहरुले आँखा लगाएको भन्दै आक्रोश पोखेका हुन ।

उनी लेख्छन – तिमीहरुलाई पनि आईफोन चलाउन मन लागेको छ भने, रेड लेबल पिउन रहर छ भने अरब तिर जाउ, तर प्लिज विमानस्थलमा हाम्रा श्रमजीवीहरुको भद्दा अपमान गर्ने काम नगर। आफ्नो बा, आमा छोराछोरी साथीभाईहरुलाई दुईचार थान कोशेली ल्याउन पाईन्न भने घण्टा गर्न विदेश जाने?।

मगरको उक्त पोस्टमा तीन सय ६७१ भन्दा बढी प्रतिक्रिया आएका देखिन्छन र १०० भन्दा बढीले शेयर गरेका छन् । सामाजिक सञ्जालमा बढी सक्रिय हुने मगर नयाँ नयाँ फण्डाका कारण चर्चामा आइरहन्छन् ।

यो पनि हेर्नुहोला :