विमानस्थलमा प्रवासीको झिटीझ्याम्टा खोसे विमानस्थल मै धर्ना बस्ने : प्रवासी नेपालीको पक्षमा उभीइन रेखा थापा

काठमाडौं । अभिनेत्री चर्चित रेखा थापा आफ्नो फेसबुक सामाजिक संजाल प्रयोग गरि बैदेशिक रोजगारको शिलशिलामा गएका नेपाली प्रवासी युवाहरुको पक्षमा बोलेकी छिन् । रेखाले विमानस्थलमा विदेशबाट नेपाल आएका नेपाली युवाहरुको समान जफत गरेको विषयमा बोलेकी हुन् । वर्षौ बैदेशिक भूमिमा परिश्रम गरेर घर फर्किने बेला आफ्ना आफन्त आमाबुबालाई ल्याएको केहि कोशेली पनि विमानस्थल मै जफत हुन थालेपछि त्यसको कडा प्रतिरोध गरेकी हुन् । रेखा लेख्छिन – उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला र तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ । सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन ।

उनको आक्रोस यत्तिमै सिमित छैन, उनि थप्छिन : हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको अपमान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एक्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु । आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ?”

यो देश प्रवासी युवाहरुको रेमिट्यान्सले धानेको बेला उनीहरुलाई सम्मानको सट्टा देश टेक्ने बेला गरिएको यस्तो अपमान बारे सर्बत्र विरोध भएको छ ।

उनको स्टाटस जस्ताको त्यस्तै हेर्नुहोस :

”दुबई, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकि छु । जब वर्षौ पछी घर फर्किने सुखद दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइवटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान, निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला र तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ । सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन ।

यिनै मजदुर बेचि खाने दलाल, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार । के परिवारको लागि चिनो ल्याउनु अपराध हो । मेरो बिचारमा यो श्रमिक माथि शोषण र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको अपमान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एक्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु । आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ?”

रेखा थापा संग जोडिएका यी तलका भिडियो हरु पनि हेर्नुहोला :
सत्य भय भबिष्यवाणी रेखालाइ

हरेक साल बर्खा आउनेछ, उखुबारी उस्तै सुसाउने छ