तिम्रो शरिरसित रमाउनेको कमि छैन यहाँ ? थाहा पाउँदा पाउदै आफ्नो इज्जत लिलाम नगरे हुन्छ : तिमी नारी पनि !

तिमी नारी पनि,

गिटि फोर्न जाउ बरु , आधा पेट खाउ बरु ?
दोहोरी, क्याफे, डान्सबार , के-के बार नधाए हुन्छ /

तिम्रो शरिरसित रमाउनेको कमि छैन यहाँ ?
थाहा पाउँदा पाउदै आफ्नो इज्जत लिलाम नगरे हुन्छ ।

गाउँबाट झर्दा सोझि थियौं ,
बजारमा पसे सि आधुनिक नबने हुन्छ ।

भर गर आफ्नै खुट्टामा , टेम्पु र माइक्रो चढे हुन्छ ।
आइफोन र स्कुटरको लागि गलत धन्दामा नफसे हुन्छ ।

बिश्वास यहाँ कसैको हुन्न , आफ्नो इज्जत आफै समाल बरु/
गाउँ कै कुर्था सुरवाल सुहाउछ , आधा फाटेको , काटेको जिन्स पाइन्ट र टिसट नलाए हुन्छ ।

नोट – सबै पुरुष र नारीलाई भन्न खोजेको होईन जो जो संग सम्बन्धित छ , नेपाली समाजको यस्ता गलत व्यबहारको अन्त्यको लागि जनचेतना – सरु सुनार

घरमा सुन्दरी स्वास्निलाई नहेरी दोहोरी, डान्सबार धाउनेहरु : तिमी पुरुष पनि?