घरमा सुन्दरी स्वास्निलाई नहेरी दोहोरी, डान्सबार धाउनेहरु : तिमी पुरुष पनि?

तिमी पुरुष पनि?

घरमा सुन्दरी स्वास्निलाई नहेरी दोहोरी, डान्सबार धाउनेहरु,
घरको न्यानो बिस्तारामा निन्द्रा नलागी पैसामा ओछ्यान किन्नेहरु/
महिलालाई बेस्या नदेखे हुन्छ !

घर कै स्वास्नीसग संम्बन्ध राम्रो छैन भनी
राम्रा राम्रा नानीलाई फकाएर डेटिङ जानेहरु ,
डिभोर्स भयो स्वास्नी संग भनी ;
बाहिर कोठाभाडामा अर्कि राख्नेहरु ।
नारीबादको कुरा नछाटे हुन्छ /

बाध्यताको फाइदा उठाएर नारीको इज्जतको मोलमोलाइ गर्नेहरु ,/
नारीलाई इज्जत गर्छु भनी आदर्श नछाटे हुन्छ ।।

पैसा मै उन्मुक्त जवानी किन्न धाउनेहरु
नारीलाई रन्डी नभने हुन्छ /
बन्द कोठामा सबै चोखो भनी जवानि सित खेल्नेहरु
दिनमा तिनै नारीलाई बाटोमा देख्दा देखि कि भनी नभागे हुन्छ //

चाहिएर हिडने अनि किन्ने पनि स्वाद लिने पनि ?
अनि नारीलाई बेस्या नभने हुन्छ //

तिमी नारी पनि,

गिटि फोर्न जाउ बरु , आधा पेट खाउ बरु ?
दोहोरी, क्याफे, डान्सबार , के-के बार नधाए हुन्छ /

तिम्रो शरिरसित रमाउनेको कमि छैन यहाँ ?
थाहा पाउँदा पाउदै आफ्नो इज्जत लिलाम नगरे हुन्छ ।

गाउँबाट झर्दा सोझि थियौं ,
बजारमा पसे सि आधुनिक नबने हुन्छ ।

भर गर आफ्नै खुट्टामा , टेम्पु र माइक्रो चढे हुन्छ ।
आइफोन र स्कुटरको लागि गलत धन्दामा नफसे हुन्छ ।

बिश्वास यहाँ कसैको हुन्न , आफ्नो इज्जत आफै समाल बरु/
गाउँ कै कुर्था सुरवाल सुहाउछ , आधा फाटेको , काटेको जिन्स पाइन्ट र टिसट नलाए हुन्छ ।

नोट – सबै पुरुष र नारीलाई भन्न खोजेको होईन जो जो संग सम्बन्धित छ , नेपाली समाजको यस्ता गलत व्यबहारको अन्त्यको लागि जनचेतना – सरु सुनार