घुस खाएर आफ्नो भुँडी पल्टाउन, कमिसन खाएर देश लुट्न अनि नाफा कमाएर करोड़पति हुन धुर्मुस् सुन्तलीले क्रिकेट रंगशाला बनाउन खोजेका होईनन्

ज्वाला संग्रौला जापन,

घुस खाएर आफ्नो भुँडी पल्टाउन, कमिसन खाएर देश लुट्न अनि नाफा कमाएर करोड़पति हुन धुर्मुस् सुन्तलीले क्रिकेट रंगशाला बनाउन खोजेका होईनन् । पैसै कमाउने भए त अहिले धुर्मुस सुन्तलीले एकदुईवटा स्टेज तताउँदैमा उठाउँथे करोडौं रुपैयाँ, चढ्थे महँगा गाडि , खेलाएर बस्थे सानी रहरलाग्दी छोरी काखमा र बाँच्थे आरामको जिन्दगी । आफ्नो भोक , घर र निन्द्रा त्यागेर दिनरात देश र जनताको उन्नतिका खातिर लागिपर्दा आज उनीहरुलाई पार्टीको एजेन्ट बनाईदिने गोडा पाँचेक जाँडपन्थी दलालहरु हो सुन, हिजो धुर्मुस सुन्तलीले बनाएका चार चारवटा बस्ति सरकारको मुख ताकेको भए बनिने थियो त?
आज तिनै बस्तिका मान्छेहरुले समेत भनिसके, “धुर्मस् दाई, हिजो हामीलाई भुईचालोले थिच्दा पनि देशमा सरकार थियो, हामी पानीमा डुबिरहँदा पनि देशमा सरकार थियो , हामी घाईते थियौं, घरबार बिहीन थियौं, बाढी र भुकम्पले थिलथिलो बनाएको हाम्रो टुहुरो गाउँमा सरकार भन्दा छिटो तपाई नै पुग्नु भो, हाम्रो दुखेको घाउमा मल्हम लगाउनु भो, आकाशको छानो मुनी शितको च्यादर ओढेर ठिर्याईरहेको हामी गरिबको दुब्लो र कमजोर शरिरलाई ओत लगाईदिन घर बनाईदिनु भो, अब हामी सुरक्षित छौं, खुसी छौं , हाम्रा नानीहरु पनि स्कुल गएर लेखपढ गर्छन्। तपाईले लगाएको ऋण यो जुनीमा तिर्न त नसकिएला तर तपाईले अहिले खोई कता हो देश बनाउने रे , पैसा दिन नसके नि त्यहाँ गएर हामी ढुँगा बोक्न , गिट्टी कुट्न र सिमेन्ट ओसार्न तयार छौं! “यस्तो भनिसके गिरानचौर र पहरी बस्तीका बासिन्दाले समेत!
तसर्थ केहि फरक पर्दैन एकदुई जना भिजिलान्तेले ड्वाँ ड्वाँ गर्दै रुवाबासी चलाउँदैमा । कोहि कोहि बिरोधी गलगाँड त यस्ता पनि छन् , जो दिनमा पाँचसयको चुरोट सुईँक्याउँछन् र हजार रुपैयाको भोड्का मुतेरै बगाउँछन् अनि गरिबको श्रमसोषण गरेर पैसा उठाईस् भन्दै भ्याउ भ्याउ गर्छन्। खण्डन गर्न र बिरोध गर्न पनि औकात बनाएर आईज बुझिस् भैरेहरु?
धुर्मुस सुन्तलीले कसैको घर बेचेर सहयोग गर भनेको छैन, जिन्दगिभरिको तलब दे भनेको छैन, घरकी श्रीमती बन्धकी राखेर पैसा निकाल भनेको छैन, कसैको घाँटीमा सिरुपाते खुकुरी तेर्स्याएर लु दे त चन्दा भन्दै धम्क्याएको छैन। तसर्थ तँ बिरोधीहरुले धुर्मुस् सुन्तलीलाई जे मन लाग्यो त्यहि भनेर कुत्तागिरी गर्न लाज सरम छैन? सक्छस् , आर्थिक सहयोग गर्, नसके छैन तँलाई कर्..!

तँजस्ता आधा दर्जन फ्याउराहरु भुकेर भो अब? हेर यो भीड़ , जस्लाई साँच्चै देश बनेको हेर्ने रहर छ, आफ्नै देशको रंगशालामा आफ्नै देशका खेलाडीहरुले बिदेशी खेलाडीहरुलाई पछारेको हेर्ने रहर छ, कतिपटक हाम्रा खेलाडीहरुको रगतको थोपा बिदेशी रंगशालामा खसेको छ , त्यस्को हिसाबकिताब नि अब आफ्नै माटोमा असुलेको हेर्ने रहर छ !
जय धुर्मुस सुन्तली! ??
आर्थिक , नैतिक , भौतिक सबै सबैमा मेरो समर्थन छ तिमीहरुलाई ?
आज छातीमा हात राखेर आफैंलाई सोध्, यी अनुहार हरु हेर्दा के साँच्चै लुटेरा जस्तो लाग्छ ? मर्लास् यिनीहरुको पापले स्याला बिरोधी भुकौडाहरु..! ?