नेपालमा नर्सहरुमाथि चरम शोषण भईरहेको छ : नर्स जिता बराल (भिडियो)

नर्सहरुको बेरोजगारीले चरम सिमा नाघेको छ । अधिराज्यभरमा करिब ८५ हजार नर्स उत्पादन भएकोमा २५ हजार जतिले मात्रै रोजगार पाएका छन् । बाँकी करिब ४ हजार ८ सय ६ जना नर्सहरु अझै बेरोजगार नै छन् । बेरोजगार नर्स मध्ये सेवा परिवर्तन गर्ने, विदेशिने र मृत्यु हुनेको संख्या २० हजार माथि रहेको छ । सरकारी, निजी अस्पताल तथा नर्सिङ होममा नर्सहरुमाथि चरम आर्थिक तथा सामाजिक शोषण हुने गरेको नेपाल नर्सिङ्ग संघ आफैले पनि बताउदै आएको छ ।

नर्सहरु माथि हुने गरेको चरम शोषणमा परेका नर्सलाई सहयोग गर्न पोखरा देखि नर्स जिता बराल राजधानी आईपुगेकी छिन् । उत्पादन भएका नर्सलाई राज्यले रोजगारी दिन नसक्नु र सेवामा आवद्ध भएका नर्सहरुले पनि निर्धक भएर बिरामीको सेवामा लाग्न नपाउनु दु:खको कुरा रहेको उनले बताइन। उनी भन्छिन, ‘नर्स अत्याधिक मात्रामा उत्पादन भए तर अस्पतालमा धेरै माग भने भएन। अर्को भनेको चेतानाको अभाव, उचित व्यबस्थापन नभएको र सिमितमात्रामा लोकसेवा खुल्छ जसले गर्दा धेरैले सिप र योग्यता भएर पनि काम पाएका छैनन्।’ नर्सिङ्ग सेवा गुणस्तर बनाउन अब नर्सहरुलाई नै तालिम दिएर नेतृत्व गर्न सक्ने बनाउने बताइन।

एकातिर नर्सहरुले रोजगारी पाएका छैनन् भने अर्कोतर्फ रोजगार पाएका नर्सहरुललाई पनि एकदमै न्यून पारिश्रमिक दिईने गरिन्छ जुन उनीहरुमाथि आर्थिक शोषण भएको बराललको गुनासो छ ।

राज्य यस विषयमा मौन बसेका कारण आफै मिडियाबाट नागरिक, व्यवस्थापन, संघसंस्थाहरुमा चेतना जागरिक गराउन अभियान चलाउने उनको भनाई छ। नर्सहरुको जमातबाटै आवाज उठाएर संघसंस्था तथा नेपाल नर्स परिषदलाई चलायमान बनाउन दवाव दिने कार्यक्रमहरु गर्ने उनको योजना रहेको छ।

हेर्नुहोस भिडियो