सरकार बिदेश बाट आऊने रातो ठुलो कुफिन बक्स मुल्यवान हुन्छ । जफत गरी बिक्री गर

प्रजुन कुमार अधिकारी, गंगा जमुना ५ धादिङ, हाल मकाउ चिन
बैदेशिक रोजगारको सिलसिलामा बिभिन्न बैगेशिक मुलुकमा गएर परिश्रम गरेर केही कमाएको पैसाले झिटिगुन्टा लिएर मातृभूमि घर फर्किदा श्रमिक जनताको छोरा छोरीले आफ्नो
र परिवार उपभोगको लागी ल्याएको सामान सरकार ले भन्छारमा जफत गरी लुटेर करोडौ को मुल्यमा लिलाम बिक्रीको सुचना प्रकासित गर्छ ।

दुई तिहाई बहुमतबको दम्भ भएको नेपालको लाचार कम्युनिष्ट सरकार बिदेशमा जुनसुकै प्रयोजनको लागी गएपनी ति भनेको नेपालको कुशल शिक्षित परिश्रमिक दक्ष जनशक्ति हुन ।यसमा दुईमत छैन नेपालमा सिमित रोजगारी सिमित श्रोत र साधनमा रमाउन नसकेर आफ्नो र आफ्नो परिवार ,देशको लागी केही गरेर सम्बृद्द बनौ र बनाऊ भन्ने ऊदेश्यको साथ बिदेश पलाएन भएको हो ।

जुन युवाहरूको परिश्रम को रेमिटान्स ले देशको अर्थतन्त्र चलेको छ ।जसले कमाएको पैसाले देश धनी भएको छ देशको आर्थिक बृद्दीदर माथी ऊठेको छ । तिनै उन्नती प्रगती शिल युबा युबती लाई ऊर्जा हौसला दिनु त कता श्रमिकले आफ्नो र परिवारको प्रयोजन ऊपभोगको लागी ल्याएको सामान मा सरकार को ऊल्टै गिद्देदृष्टी किन ?
तस्कर ब्याबारी हरूले ल्याएको ३०.४० किलो का किलो सुन मालवाहक ट्रक को ट्रक सामान चाही एरपोर्ट भन्छार बाट चेक जाँच नभई बाहिर पास हुने हाम्रो देशमा परिश्रम गरेर घरेलु प्रयोजन ऊपभोग्य सामानमा चाही सरकार को नजर ध्यानाकर्षण बधाई छ हाम्रो सरकार लाई ।
तस्करले सुन र सामान ल्याऊदा आखामा पट्टी बाधेर कानमा तेल हालेर बस्ने नेपाल सरकार को भन्छार बिगाग को कर्मचारी र प्रहरी श्रमिकको झिट्टीगुन्टा मा नजर र निग्रानी किन ?

नेपाल को एरपोर्ट बाट अबैध धन्दा गरेर अबैधानिक ग़ैरक़ानूनी तरिका बाट मुर्ती बिणा कस्तूरी लागु पदार्थ गाँजा चरेस अफिम जस्ता पदार्थ बाहिरिदा आखा नदेख्ने प्रहरी हरू बैधानिक तरिका बाट श्रमिक को लागी बिदेशिन लागेको युवा लाई आमाले पठाएको नेपाल को गुन्द्रुक १ बट्टा घिउ नेपाल सुकुटी चिऊरा रोटी मा चाही किन प्रतिबन्ध किन पुलिस को गिद्दे नजर

म हाम्रो सरकार लाई के भन्न चाहन्छु भने
सक्छौ भने रोजगारी ले ल्याएको ४,५ वटा घडी २,३ वटा मेवाईल १ वोटा ल्याबटप २ ,३ बोत्तल हुस्की १,२ वटा बलाङकेटमा मात्र आखा लाऊन भन्दा , त्यो श्रमिक हरू प्याक भएर आएको कुफिन बक्स झन मुल्यवान हुन्छ , नेपालमा ठुला ठुला आल्मरी पलङ महत्वपुर्ण सामान बन्ने तिनै बाकस हुन त्यो पनी जफत गर र भेलीको दिनहरूमा लिलाम बिक्री गर मनाङ्गे आम्दानी हुन्छ ।

यसमा पनी ध्यानकर्षण गराउन चाहन्छु ।
हाम्रो देशमा प्रतेक ५.५ बर्षमा जनगणना हुदा पनी सरकार लाई थाहा होला सामान्यतया ५,७ जनाको एउटा परिवार हुन्छ । भने २,३ बर्षमा जादा सबैलाई एक,एक वटा लिएर जादा पनी ५,७ वटा चाहियो । सामान्य परिवारमा पनी ४,५ तोला सुन चाहिन्छ भने कुन बिचार कुन दृष्टी गोचर बुद्दीजिबी हाकिम महोदय ले यो रोजगारी को सिलसिलामा बाहिर गएर फर्किने हरूको झिट्टी गुन्टा को यसरी नियम कार्यन्वयन गरेको किन तपाई लाई कुफिन रातो बाकसमा चाही आँखा गएन महोदय । नेपाल सरकार ले बिदेश बाट आऊने कुफिन रातो बाकस पनी यसरी नै जफत गरेर यही परिश्रामिकको समान संरह लिलाम बिक्री को लागी बोलप्रत्र आवहान गर ।