नेपाल धनी हुँदा भारतलाई कति फाइदा र कति घाटा ? : मीन बहादुर पण्डित

मीन बहादुर पण्डित

नेपाल धनी हुँदा नेपाललाई कुनै घाटा हुने त कुरै भएन, फाइदै फाइदा मात्र हुनेछ । तर नेपाल धनी हुँदा हाम्रो छिमेकी देश भारतलाई भने उसको नज़रमा फाइदा पनि हुनेछ र घाटा पनि हुनेछ । त्यही फाइदा र घाटाको हिसाब किताब बुझेर नै भारतले नेपालको राजनीतिमा अनावश्यक हस्तक्षेपकारी भूमिका निभाएर नेपाललाई जहिले पनि अस्थिर बनाउने कोशिश गरि रहन्छ । विगत र वर्तमानका अनेकौ घटनाक्रमहरुले यो कुरा स्पस्ट रुपले पुस्टि गरेको छ । जहिले सम्म भारतको नेपाल र नेपाली प्रति संकीर्ण सोच रहिरहन्छ, तब सम्म नेपालमा शान्ति र स्थायीत्व आउन सक्दैन । शान्ति र स्थायीत्व बिना नेपालको विकाश सम्भब छैन । त्यसैले नेपालको साच्चिकै बिकाश गर्ने हो भने भारतलाई विश्वासमा लिन अत्त्यन्तै जरुरी छ, वा सबै राजनीतिक पार्टीहरुले भारतलाई हस्तक्षेप गर्ने ठाउँ नै दिनु हुदैन । सत्तामा जान र आफ्नो स्वार्थ पुरा गर्न भारतको साथ र समर्थन खोज्नु हुदैन, अनि ठाउँ नपाए पछि उसको भूमिका आफै घट्दै जान्छ । सम्भाबना नै नभए पछि हस्तक्षेप गर्न आउँदैन । जसले पनि तब सम्म कोशिश गर्छ जब सम्म सम्भाबना रहिरहन्छ । त्यसैले भारतलाई हस्तक्षेप गर्ने ठाउ दिने हाम्रै नेता र पार्टीहरु हुन् । भारतले सधै नेपालमा आफुलाई हित गर्ने र आफ्नो फाइदा पुग्ने खालको सरकार चाहन्छ, तर हामीलाई मात्र नेपाल र नेपालीको हित गर्ने सरकार चाहिएको छ । जहिले सम्म हाम्रो राजनीतिमा भारतीय दबदबा कायम रहन्छ तब सम्म नेपालमा बनेको जुनसुकै सरकार भए पनि नेपाली जनताको हितमा काम गर्न सक्दैन ।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण संगै दिईएको सार्बजनिक बिदाको चर्को बिरोध हुनुको कारण पनि यहि हो । सुरक्षाको दृस्टीकोणले र सम्मान स्वरूप सार्बजनिक बिदा दिनु कुनै ठुलो कुरा होइन । तर यो बिरोधले भारतीय नेतालाई नेपाली जनता सम्मान गर्न चाहदैनन् भन्ने देखाउछ । मोदी आउदा हर हर मोदी , घर घर मोदी भनेर नेपाली जनताले नारा लागाएर ठुलो सम्मान दिएकै हो । मोदी जनकपुर आएनन र स्वागत गर्न पाईएन भनेर तराइका जनता रिसाएर मंच समेत भत्काएको घटना पुरानो भएको छैन । तर मोदीले नाकाबन्दी लगाएर धोका दिए । त्यसैले नेपाली जनता भारतीय नेताहरुलाई हत्तपत्त विश्वास गर्न तयार देखिदैनन् (केहि बर्ष अगाडी अमेरिकी राष्ट्रपति दुबई आउँदा पनि सार्बजनिक बिदा दिईएको थियो ) सरकार गिराएर चिनिया राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण रोकिनु र भारतीय रास्टपतिको भ्रमण हुनु हाम्रो स्वाभिमान प्रति गम्भीर प्रहार हो भन्ने कति पए बुद्दिजिवी हरुको बुझाइ छ । किनकि चिनिया राष्ट्रपति नेपाल आउदा काठमान्डौ केरुङ्ग रेलको सिलान्न्यास हुने वाला थियो । तर त्यसलाई जसरी भए पनि रोक्न भारत सफल भएको छ ।

सर्बसाधारण नेपाली जनताले समेत भारतको चाल राम्ररी बुझेका छन् , त्यसैले नेपाल भारतको सम्बन्ध थप सुधार गर्ने हो भने जनस्तर बाटै सुरु गर्नु पर्दछ, नेपाल सरकार र भारत सरकार बीच मात्र सम्बन्ध सुधार गरेर पुग्दैन । जब नेपाली जनता नै भारत प्रति नकारात्मक सोच राख्छन र शंकाले हेर्छन भने एक अर्को देशमा उच्च स्तरिय राजनीतिक भ्रमण गरेर समन्ध मजबुत भयो भन्नुको के अर्थ रहला र ? नेपाली जनता बैशाक १२को भुकम्प बिर्सिन तयार छन्, तर नाकाबन्दी बिर्सिन तयार छैनन् । ६ महिना नाकाबन्दी लगाएर नेपालको अर्थतन्त्र तहसनहस बनाइदिएको कहिले बिर्सिन सकिदैन । नेपाल भारत सम्बन्ध जनस्तरमा बलियो नहुनुको कारण के हो ? अनि नेपाल सम्पन्न हुदा भारतलाई कति फाइदा र कति घाटा ? त्यस बिषयमा केहि चर्चा गरौ ।

१)अहिले नेपालले भारत बाट बर्षमा लगभग ५ खरबको समान आयात गर्दछ भने, धनि भएमा बर्षको १० खरबको समान आयात गर्नेछ । किनकि नेपाल धनी भएमा जनताको क्रय शक्ति ( खर्च गर्ने शक्ति ) बढ्ने छ, र त्यति बेला हाम्रा उद्योग कलकारखानालाई अत्याधिक कच्चा पदार्थ चाहिने हुन्छ । तर नेपाल धनी भए आफुलाई चाहिने समान आफै बनाउला आफ्नो बजार गुम्ला भन्ने भारतलाई चिन्ता छ ।

२)नेपाल धनी भएमा भारत घुम्न जाने पर्यटकहरु धेरै हुनेछन । किनकि नजिकको देश अनि भाषा संस्कृति पनि मिल्ने र अरु देश जान भन्दा सस्तो पनि पर्ने हुनाले नेपालीहरुको पहिलो रोजाइ भारत नै हुनेछ । जसले भारतीय पर्यटनलाइ ठुलो फाइदा पुराउने छ । तर नेपाली धनि भएमा भारतियको घरमा काम गर्ने नोकर नपाइएला भन्ने चिन्ता भारतलाई हुन् सक्छ । अनि सस्तो मजदुर नपाइने चिन्ता पनि होला र इन्डिएन आर्मीमा नेपाली नआउलान भन्ने डर पनि भारतलाइ हुन् सक्छ ।

३) नेपाल धनी भएमा नेपालका नदीनालाबाट नेपालीले नै बिद्युत निकाल्न सक्षम हुनेछन । र भारतले नेपाली नदीनाला हडप्न पाउदैन । त्यसैले जसरी हुन्छ नेपाली नदीनाला होल्ड गर्ने तर काम नगरेर अल्झाई रहने भारतीय चाल देखिन्छ । राष्ट्रपति ज्यु पशुपति र जनकपुर मन्दिर हेर्नुको सट्टा भारतीय कम्पनीले अलपत्र पारेका योजनाहरु हेर्न अनुरोध छ । नेपाललाई बढी भएको बिजुलीको पहिलो बजार भारत नै हो । अत नेपाल धनी भएमा पनि भारतले प्रशस्त बिजुली नेपालबाट किन्न पाउने छ । यसमा भारतले शंका गर्नु हुदैन ।

४) तराइ भारतमा विलए गराउनका लागि बिहार भन्दा नेपालको तराइको हालत खराब बनाइदिनु पर्छ, ताकि भारत तिर मिसिन पाए धेरै फाइदा हुन्थ्यो भन्ने मनोबैज्ञानिक असर तराइ बासिमा पार्न सकियोस । भारतको अर्को दाउ यो पनि हो । र नेपाल धनि भएमा तराइका जनता भारततिर मिसिन जादैनन् भन्ने उसले बुझेको छ ।

५) नेपाल धनी भएमा आफ्नो सिमानाको रक्षा आफै गर्नेछ र सिमाना मिच्न पाइदैन त्यशैले गरिब नेपाल नै भारतको फाइदामा हुनेछ ।

६) चिनिया रेल काठमान्डौ आयो भने भारतलाइ घेर्छ भन्ने उसको सोच छ , उसो भए किन काठमान्डौ दिल्ली रेलको सर्बे सुरु गरेको ? चीनलाइ घेर्न ? अनि चिनिया रेल काठमान्डौ आउदा भारतलाई खतरा हुने भए भारतले किन पाकिस्तान संग सम्झौता एक्सप्रेस रेल चलाएको ? पाकिस्तान बाट भारतीय बोर्डर सम्म हतियार आउला तर चीन बाट नेपाल हतियार आउदैन । नेपाली सेनाले चाहेमा चीन सित हतियार किन्न पाउछ । नेपाली सेनाले अरु सित हतियार र बन्दो बस्तिका समान किन्दा भारतको अनुमति लिनु पर्ने हो र ? जता सस्तो,जता राम्रो उत्तै किन्ने हाम्रो सार्बभौम अधिकार हैन र ?

७) छिमेकी धनी भए आफ्नो पनि ब्यापार बढ्छ भन्ने नीति र सोचले चीनले नेपालमा , बिराट नगर चिनी मिल , हेटौडा कपडा उद्योग, हिमाल सिमेन्ट आदि १६ वोटा जति उद्योग खोलि दियो । यदी चीनले पनि नेपालमै कपडा बने हाम्रो कपडा बिक्दैन , हाम्रो अरु समान पनि बिक्दैन भनेर सोचेको भए यी उद्योगहरु बनाइदिन्थ्यो ? तर भारतले आफ्नो सिमेन्ट बेच्न्न नेपाली उद्योगहरु कांग्रेस नेताको मद्दतले धरासाई बनाइदियो ।

८) नेपाल सधै गरिब भै रहोस र नेपालको नदीनाला आफ्नो हितमा प्रयोग गरेर युपी बिहारका जनतालाई पिउने पानी र सिंचाईका लागि प्रयोग गर्न केहि नेपाली नेतालाई प्रलोभनमा पारेर थुप्रै असमान सन्धि र सम्झौता गरेको हामी नेपाली सबैलाई थाहा नै छ ।

९) सके सम्म नेपाललाई सिक्किम बनाउने र नसके भुटान जस्तो बनाउने रणनीति अन्तर्गत नेपाली राजनीतिमा आगो लगाएर तमासा हेरेर फाइदा लिने भारतीय चाल हो । नेपाल धनी भयो भने यो सब सम्भव हुदैन ।

१० ) बढ्दै गएको चीनको शक्ति रोक्न र चीन बिरुद्ध नेपाली भुमि प्रयोग गर्न नेपाली राजनीतिक दललाई हाता लिएर सत्तामा जान सहयोग गरिदिने अनि चीन तिर नेपालको सम्बन्ध र ब्यापार बिस्तार हुन् नदिने चाल पनि छदैछ । यसले नेपालीले सस्तोमा समान किन्न पाउने अधिकारको हनन गरेको छ ।

११) भुटानी सरनार्थी भारत हुदै नेपाल छिर्न दिने तर भुटान फर्काउन पहल नगरेर नेपाली राजनीति र आर्थिक गतिबिधि डामाडोल बनाइदिने र फाइदा लिने चाल पनि देखेकै हो । अर्को कुरा भारतको बिशाल जनसंख्यालाई केहि मात्रामा भए पनि नेपालको तराइ तिर पठाएर नागरिकता र अधिकार दिलाइ दिने रणनीति पनि छदैछ ।

12) भारत र अमेरिकालाई तिब्बत टुक्राउन पाए चीनले आर्थिक र सैनिक दृष्टिले अमेरिकालाई दोस्रो बनाउन सक्दैन थियो र भारतलाई दबाउने बल पनि कम हुन्थ्यो भन्ने भारतीय रणनीति अन्तर्गत बिभिन्न बहानामा नेपाल भित्र भारतीय प्रभाब बनाइ रहने चाल पनि छदैछ । नेपाल धनी र बाठो भए यो सम्भव छैन भन्ने उसले बुझेको छ ।

१३) भारतले चीन सित बाध्यताले खर्बौ डलरको ब्यापार गरे पनि भारतलाई चीनमा शान्ति र बिकाश भएको मन पर्दैन । भारत चीन सित आर्थिक र सैनिक प्रतिस्प्रधा गर्न गर्न चाहन्छ तर अमेरिका भन्दा माथि पुगी सकेको चीनलाई भारतले जिस्क्याउनु भनेको हात्तीलाइ तर्साउन कुकुर भुक्नु जस्तै हो । त्यसैले नेपाली सिमाना र सम्बन्ध चीन सित जोडिएकोमा भारत आफुलाई खतरा महसुस गर्ने गर्छ ।

१४) आफु चाहि ब्रिटिस बाट स्वत्रन्त्र हुनु पर्ने तर नेपाललाई चाँही सधै आफ्नो उपनिबेस सम्झेर व्यवहार गर्ने भारतीय नेताहरुमा अलिकति मानविय समबेदना हुनु पर्ने हो । नेपाल धनी र सम्पन्न भएमा नेपाल माथि प्रभाब पार्ने बहाना सकिन्छ भन्ने उसले बुझेको छ ।

१५) नेपाली शासकले जब यी कुरा बुझ्छन, त्यति बेला कि ति वीरेन्द्र र मदन भण्डारी बनाइन्छन या त सत्ताबाट बाहिरिन बाध्य पारिन्छन भनेर बुझ्ने नेपालीहरु पनि धेरै छन् ।

जसले बिरेन्द्रको हत्त्या गरायो त्यहि जिम्मेबार छ नेपालमा अशान्ती हुनुमा, जसले मदन भण्डारीको हत्त्या गरायो त्यहि जिम्मेबार छ नेपाल गरिब हुनुमा, त्यसैले नेपाल धनी हुदा भारतलाई हुने नाफा र घाटा यिनै हुन् ।