भारतको सारेगमप लिटिल च्याम्पको मेघा राउण्डको तयारीमा प्रितम आचार्य, हेर्नुस् जुनै गीत पनी गाउछन यति मिठो (भिडियो सहित)

इटहरी/ नेपालिहरुले पछिल्लो समय देश बाहिरका विभिन्न कार्यक्रमहरुमा निक्कै ठुलो सफलताहरु हासिल गरिरहेका छन् । यस्तैमा ईटहरीका बालगायक प्रीतम आचार्य चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’को मेघा राउण्डमा प्रवेश गरेका छन् । केहि समय अघि मुम्बई र दिल्लीको अडिसम पार गरेर नेपाल फर्केका प्रितम यतिबेला मेघा राउण्डको लागि तयारीमा जुटिरहेका छन् । उनको गायिकिमा धेरै जना लट्ठ हुन्छन । तलको भिडियोमा हेर्नुस उनले गाएको केहि गीतहरु

निक्कै मिठो स्वरका धनि प्रितम कुनै गायक भन्दा कम छैनन । सारेगमप बाट टप ११ हुदै मेनुका पौड्याल बाहिरीएपछि प्रितम नै हुन् सारेगमपमा नेपालबाट सफलता चुम्ने बाल कलाकार । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ बर्षका छन् । उनका धेरै गित तथा कभर गीतहरु युट्युबमा प्रसस्त छन् । इटहरी ५ स्थायी घर भएका प्रीतम सङ्गीत र पढाइलाई संग संगै लागिरहेका छन् ।

‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउाछु भन्छन् तर मेरो छोरा गायक नै बनोस् । प्रीतमका आमाको छोरा सफल गायक बनेको हेर्ने इच्छा रहेको बताउाछिन्’ । आधुनिक, शास्त्रीय दुवै कसिमका सङ्गीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति भएका प्रितमको सुमधुर आवाजले जोसुकैलाई भाबुक बनाइदिन्छ । केहि समय अगाडी देखि गुरु भुपेन राइले उनलाई निरन्तर अभ्यास गराईरहेको बताए ।