गायनमा सक्रिय बन्दै गायिका नित्याशिवा

सुनसरीको प्रकाशपुर जन्मथलो भएपनि कर्मथलो काठमाडौँलाई बनाएर नेपाली सांगीतक आकाशमा राम्रो सम्भावना भएकी गायिका हुन नित्याशिवा । आफ्नो पहिलो एल्बम चाहना मनको गीतबाट नेपाली संगीतिक क्षेत्रमा प्रवेश गरेकी उनले हाल सम्म चलचित्र तथा पार्श गायनको क्षेत्रमा बर्चस्व राख्न सफल भएकी छन । उनले बिधवा ,रथ,गोरे,दिलदार, कन्फ्युज,मदहोस आरोप र इ कैसन बौछा र भोजपुरी मुभी मा आवाज दि सकेकी छन भने थुप्रै भोजपुरी गीत र नेपाली गीत हरु गाएकी छन हालै तिमी ट्याटु खोपन बाट आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल भएकी छन । तिनै गायिका नित्याशिवा सगँ सहकर्मी साथी रोशन पोखरेल ले गर्नुभएको संक्षिप्त कुराकानीको अंश ।

तपाईको बाल्यकाल कसरी बितेको थियो ?
मेरो बाल्य काल सुनसरीको प्रकाश पुरमा सामान्य परिवारमा बित्यो खास गरी मेरो प्राबि तहको अध्ययन गाउँमै भयो । त्यसपछि हाईस्कूल तह भने शहरमा गरियो अनि कलेज पनि त्यही शुरु गरे ।
साँगितिक क्षेत्रमा कसरी प्रवेश कसरी भयो ?

म यो क्षेत्रमा सानैदेखि लागेकी हुँ जति बेला म ५÷६ कक्षामा पढ्थे होला त्यस बेला म टेबल ठटाएर गीत गाउँथे । पछि काठमान्डौँ आएपनि संगीत प्रतिको मोहले तान्यो र संगीतको क्लास गर्न लागे । जसको केही समय पछि मैले “चाहना ” बोलको गीत बजारमा ल्याए । पहिलो एल्बम भएर होला खासै गीतले सफलता दिएन । त्यसपछि मैले विधवा गीतमा आफनो आवाज दिए । जुन गीतलाई धेरैले मन पराउनुभयो । जसको सफलताबाट आज सम्मपनि संगीतको क्षेत्रमा रहेकी छु ।

संगीतिक क्षेत्रको व्यवसायिक अवस्था कस्तो छ ?

अहिले व्यवसायिक दृष्टिले नेपाली गीत संगीतको अवस्था नाजुक छ बिक्री बितरण छैन सिडीहरु जादैन क्यासेटहरु बन्द भइ सक्यो पिआरबिटी र सिआरबिटीको पैसा कतिको आउला र यूट्यूबमा हालेको गीतको पैसा कहाँ जान्छ हाम्रो खास स्रोत भनेको केवल स्टेज कार्यक्रम मात्र हो । त्यसमा पनि कहिले यस्तै सहयोगको कुरा आउँछ । खास गरी साथी भाइले बिदेश तिर कार्यक्रमहरु गर्छन हाम्रो खास स्रोत भनेकै त्यही हो ब्यबसायीक हिसाबले अहिले निकै गाह्रो छ तर पनि गीत संगित बचाउन निरन्तर गाउने विचारमा छु ।

गीत संगितमा नलागेको भए नित्या शिवा लाई कहाँ भेटिन्थ्यो होला ?

यो क्षेत्रमा नलागेको भए सायद अन्य कुनै सामान्य मानिस सरहको जिवन ब्यक्तित गर्नुपर्यो होला । जुन आम नागरिक सरहको कुने थियो होला ।
यहाँलाई नित्या शिवा भनेर चिनाउने गीत कुन कुन हो ?

आफ्नो सिर्जना आफुलाई सबै नै प्यारो हुन्छन् तर पनि सम्झिनु पर्दा बिधवा ,रथ,गोरे,दिलदार, कन्फ्युज,मदहोस आरोप र इ कैसन बौछा र भोजपुरी चलचित्रमा समावेश भएका गीत जुन गीतको कारणले मलाई सागिँतीक फाँट अझ सफल सिर्जना ल्याउनको लागी प्रेरणा दियो ।

यस क्षेत्रमा स्थापित हुनका लागि यहाँले कतिको दुख र शंघर्ष गर्नु पर्यो ?

धेरै दुख गरेको छु यो यात्रामा महाभारत हुन्छ भन्नुपर्दा, म काठमाडौको बसाई आफना आफन्तबाट टाडा बसेर रहरको यात्रालाई सधर्षको मैदानबाट हेर्दा निकै अफटयारो भयो । कतिपय अवस्थामा आफनो चाहना अनुसारको गर्न नसक्दा पिडा र सफलतामा खुशी हुनु स्वाभाविक रहेछ ।

कलाकार त राष्ट्रको गहना भन्छन्क नि , कला क्षेत्रमा लागिसके पछी आफ्नै गाउँ ठाउँ र देशको लागि के गरे जस्तो लाग्छ ?

हामिले गीतसङीत बाट नेपाललाई चिनाउने हो नेपालको कला र सस्कृतिलाई बचाउनु हो , त्यो काम गरिरहेको छु र गरिरहने छु, मैलेपनि आफनो विभिन्न भाषा भाषिको गीतमा आफनो आवाज दिएर उहाँहरुको गीतलाई माथी पुयाउने काम गरेकी छु ।

यस क्षेत्रमा स्थापित हुनमा सबै भन्दा पहिला कसको नाम सम्झिनु हुन्छ ?
बाटो देखाउने गुरु अनि मेरो आमा , परिवारका सदस्य , मेरो आवाजलाई मन पराउने श्रोता दर्शकलाई सम्झिन्छु, ।

धन्यवाद हामीलाई समय दिनु भएकोमा ।

धन्यवाद रोशन जी , तपाईले मेरो जिन्दगीका तिता मिठा भोगाइहरु हजुर मार्फत धेरै शुभचिन्तक मेरा श्रोता तथा दर्शक माझ पुर्याउने अवसर दिनुभयो । त्यसका लागी तपाई हृदय देखी नै आभार ब्यक्त गर्न चाहन्छु ।