महिला हिंसा रहितको समाजको निर्मार्ण गरौँ ।

अर्जुन लम्साल, टोकियो ।
एक नारी जन्मिदा सानो बच्चा वा छोरीको रुपमा जन्म लिन्छन् विस्तारै ऊमेर बढ्दै जाँदा दीदी-बहिनी , श्रीमति,भाऊजु र नन्द अनि बिस्तारै तिनै नारी आमा बन्न पुग्छिन् । यि स्वरूपहरू सृष्टि चलाऊने सृष्टिदाताका साथै नारी बहुरूपी कालिका देविको रुपमा पुज्जिने गर्छिन् ।

अझै पनी हाम्रो समाजमा नारीहरुलाई सन्तान उत्पादन गर्ने मेसिनका साथै शारीरिक सन्तुष्टिको प्रयोजनका लागी कहीले सम्म प्रयोग गर्ने ? के यस्ता ग़लत सोचाइहरुलाइ निर्मुल पार्ने तपाई हाम्रो दाईत्व होइन र ? जुन समाजमा नारीको आत्मसम्मानको रक्षा हुन सक्दैन त्यो समाजको विकास संम्भव छैन । “त्यसैले आजैदेखि सोच बदलौँ , महिला हिंसा रहित समाजको निर्माण गरौँ ।”

यसरी नारीहरूको सम्मानको कुरा गर्दै जॉंदा आजभोली दिन प्रतिदिन नारीहरूमाथि बलत्कार तथा हत्या हिंसा जस्ता जगंन्य अपराधहरू बढ्दै गईरहेको देख्न सक्छौ ।यस्ता घटानाहरु नेपालमामात्रै सिमित नभएर बैदेशिक रोजगारीका लागि विदेशमा जाने दाजु-भाईहरू बाट विदेशमा गहने नेपाली दिदी-बहिनीहरु लगायत विदेशि दिदी-बहिनीहरू समेत हिंसामा पर्ने गरेको खबर सुन्न पाईन्छ । हाल म आफै कर्म गरिरहेको देशमा हेर्ने हो भनेपनि नेपाली दीदी बहिनीहरू नेपाली दाजु भाईहरू बाटै सुरक्षित छन् भन्ने आभाष कमै भेटिन्छ । ऊदारणका लागि जापानमा विभिन्न भिसामा रहँदै आउनु भएका दिदी बहिनीहरूलाई काम लागाईदिने प्रलोभनका साथै बाध्यात्मक परिस्थितिमा ल्याई विभिन्न प्रकारका हिंसा गर्ने गुनासाहरू अत्यादिक सुन्न पाईन्छ ।

यस्ता खालका हिंसाहरूबाट आफै सचेत रहन सम्पुर्णमा आग्रह गर्दछु । यसो भन्दै गर्दा सम्पुर्ण नारीहरूमात्रै हिंसामा पर्छन् भन्ने होईन आज भोली देख -नदेख रूपमै भएपनि पुरूष दाजुभाईहरू समते नारीहरूबाट अनेक प्रकारका। हिंसामा पर्ने गरेकाछन् , त्यसैले नारी पुरूष दुवैजनालाई एक अर्कालाई सम्मान गर्ने हो भन्ने पक्कै पनि यस्ता घटनाहरूमा न्युनिकरण ल्याऊन सकिने छ।