चलचित्रकी हिरोईन् निता ढुंगाना संग लोक गीतमा झुमे शंकर बिसी,यस्तो बन्यो बद्री पंगेनी र लक्ष्मी बानियाको गीत

कमल सरगम-काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रकै लोकप्रिय गायक बद्री पंगेनी र लक्ष्मी बानियाको उत्कृष्ट लोकदोहोरी गीत “”म्वाई” बजारमा आएको छ।लोकप्रिय सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगीतमा तयार भएको उक्त गीत अहिले नेपाली लोक संगीतमै ऐतिहासिक गीतको रुपमा खडा हुने पक्का भएको छ।

दोहोरी इतिहासमै फरक गीत गर्ने अभियानमा लागेका एकनारायणलाइ साथ् दिए फेरी बद्री पंगेनीले।बद्री पंगेनी र लक्ष्मी बानियाको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अभिनय भने चर्चित नायिका निता ढुंगाना र शंकर बिसीको रहेको छ।

प्रेम प्रसङ्गमा जोडिएको उक्त गीतमा बढी शृङ्गारिक शब्द भेट्न सकिन्छ।गीतमा निर्देशन शंकर बिसीकै रहेको छ भने छायांकन मधुर बस्नेत र शम्भु चालिसेको रहेको छ।महँगो लगानीमा तयार भएको उक्त भिडियोको सम्पादन भने नबिन घर्ती मगरको रहेको छ।सीतारा म्युजिकले बजारमा ल्याएको गीतको भिडियो हेरौ :