प्रितमलाई ईटहरिमा भब्य स्वागत, किन पाए यस्तो मेडल ? ‘सारेगमप लिटिल च्याम्प्स २०१९’ को बिजेता बन्ने दौड (भिडियो सहित)

ईटहरी/ भारतको जी टिभिबाट प्रसारण हुने रियालिटी शो सारेगमप लिटिल च्याम्प्स २०१९ को उत्कृष्ट ३० भित्र ईटहरी निवासी प्रितम आचार्य पर्न सफल भएका छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै प्रितम यतिबेला २ दिनको लागि आफ्नो घर ईटहरी फर्किएका हुन् । घर फर्किएका उनलाई ईटहरी उपमहानगरपालिकामा मेयर द्वारिकालाल चौधरी सहित सयौको उपस्थितिमा स्वागत सम्मान सहित बिजेताको लागि सुभकामना प्रदान गरिएको थियो । आइतबार ईटहरिमा स्वागतका क्रममा आचार्यले आफूले सबैको साथ र माया पाउने विश्वास लिएको बताएका छन् । स्वागतका क्रममा उनले भने, “सांगीतिक क्षेत्रमा धेरै गर्नु बांकी छ। तर जति सक्छु देशको शिर उच्च गर्ने प्रयास गर्नेछु, अब अर्को राउण्डमा पनि नेपालको नाम राखेर फर्किन्छु ।” हेर्नुस भब्य स्वागत गर्दाको पुरा भिडियो ।

दिउसो काकडभिट्टा हुदै सारेगमप लिटिल च्याम्प्स टिमका केहि सदस्य सहित उनका आमा बुवा २ दिनको लागि फर्किएका हुन् ।सारेगमपा लिटिल च्याम्प्सको टप ३० सम्म पुगेका प्रितमको गायन समाबेश गरेर जी टिभीले सार्बजनिक गरेको प्रोमो यतिबेला निक्कै भाईरल भएको छ । संगै सार्बजनिक भएको अर्को प्रोमो भन्दा प्रितमको प्रोमो निक्कै अगाडि रहेको देखिन्छ । त्यस्तै उनले गएको अडिसनमा चार्ट बस्टर पफर्मर पाए संगै सिल्भर मेडल पनि हात पार्न सफल भएका छन् । ईटहरिको आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय आचार्य २ दिनको बसाईका क्रममा संगै आएको जिटिभि टोलीले प्रतिस्पर्धी आचार्यको घरपरिवार लगायतको भिडियो सुट गर्नेछन् । जारी लिटिल च्याम्प्सको सातौं संस्करणमा जजको भूमिकामा रहेका भारतको सांगीतिक क्षेत्रका शान, रिचा शर्मा, अमाल मलिकले आचार्यको प्रतिभाको चर्चा गर्दै आएका छन् ।