“भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छ भन्दा भूमिगत नभएको भए मार्थे” (भिडियो कुराकानी)

नेपालमा भ्रष्टाचारको जालो कति बलियो छ भन्ने कुरा अहिले हैन दशकौंअघिदेखि स्पष्ट हुँदैआएको छ । भ्रष्टाचार र सदाचारकाबीचमा सधैं बहस पनि भैरहन्छ तर यसको पारो घट्नुको साटो झन्झन चढ्दो छ ।

वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको अग्रसरतामा स्थापना भएका परिवर्तन नेपाल नामक संस्थाले भ्रष्टाचारबिरुद्ध मोर्चा बनाउँदै गर्दा यसै विषयले निरौलाको झण्डै ज्यान गएन । २०५७ सालमा काठमाडौंको भृकुटी मण्डपमा आयोजित एक कार्यक्रममा जनताले आदेश दिन्छन् भने भ्रष्टाचारीलाई गोली ठोक्न तयार छु भनेपछि यो विषयले संसदमा हंगामा मच्चियो ।

निरौला भूमिगत हुनुपर्यो । माओवादी द्वन्द्व उत्कर्षमा पुगिरहेका बेला माओवादीकै शैलीमा भ्रष्टाचारीलाई गोली ठोक्ने अभिव्यक्ति दिएपछि निरौला तत्कालीन सरकारको आँखाको तारो नै बन्न पुगे ।

भ्रष्टाचार बिरोधी अभियानका पहिलो नागरिक अगुवा निरौलासंग भ्रष्टाचारका विषयमा केन्द्रित रहेर गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत छ