चर्चित गायक महेश बुढाथोकीको अर्को धमाकेदार गीत (भिडियो सहित)

काठमाडौं । कुनै समयको चर्चित गीत “काफलगेडी कुटुक्कै” नसुन्ने सायदै कोही नहोलान् । “कम्मर बारुलै”को चर्चा पनि आफ्नै ठाउँमा छ । यस्तै यस्तै खालका चर्चित गीत गाएर नेपाली लोक गीत संगीतमा राम्रो स्थान बनाएर एकाएक हराएका गायक महेश बुढाथोकीको आवाजमा फेरि पनि अर्को एउटा मिठो गीत सार्वजनिक भएको छ । उनको स्वरमा रहेको “माया नमार पथरी बजार” बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नयाँ कलाकारहरुलाई हौसला दिदै पुराना कलाकारहरुलाई सम्मान र संरक्षण दिनु पर्छ भन्ने मुल मान्यताका साथ लगातार गीति भिडियोहरु सार्वजनिक गरि रहेको पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को व्यवस्थापनमा सार्वजनिक भएको यस गीतमा शब्द तथा संगीत पनि गायक स्वयमकै रहेको छ । उज्जवल तामाङको छायाँकनमा सुमन तामाङले निर्देशन गरेको भिडियोमा दिनेश कोईराला र अञ्जु मगरले अभिनय गरेका छन् भने हेमन तामाङले भिडियोको सम्पादन गरेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :