संचालालकी बुहारी भन्छिन बमजन गुरु निर्दोष हुनुहुन्छ : (भिडियो)

तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जन यतिबेला विवादित बनिरहेका छन्। आश्रमबाट ५ जना वेपत्ता भएको उजुरी देखि आश्रममै आनीहरुको बलात्कार गरेको समेत् उनीमाथि आरोप छ। बौधी घर्म संघले भने बम्जनलाई लगाइएको जति पनि आरोप छन् त्यो झुटो भएको दावी गरिरहेका छन्। बमजान आश्रम =बाट ५ जना मात्रै बेपत्ता भएको उजुरी आएपनि यस्ता धेरै पिडित र बेपत्ता भएको हुन् सक्ने प्रहरीको अनुमान छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का संचलाल वाइबा सिन्धुपाल्चोकबाट हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएसंगै प्रहरीले सिन्धुपाल्चोकको बाडेगाउँस्थित बमजनको आश्रममा कुकुरसहित अनुसन्धान गर्यो। अनुसन्धानको क्रममा प्रहरीले नुनको प्याकेट, महिलाको सल जस्ता शंकास्पद बस्तु फेला पारेर बृहत रुपमा अनुसन्धान गरिरहेको अवस्था छ । सञ्चलाल वाइबा २०७१ चैत १४ देखि गायब भएका हुन् । वाइबाका आफन्तहरुले तपस्वी बम्जनको आदेशमा हत्या गरेर शव आश्रम आसपासमै अन्त्येष्टि गरेको हुन सक्ने आशंका गरेका थिए ।

संचालालको हेटौडा उपमहानगरपालिका स्थित बनास्पतिमार्गमा रहेको घरमा पुग्दा मिडियामा बाहिर आएजस्तो भन्दा अलिक फरक गतिबिधि देखिन्थ्यो । संचालालको छोरा जसले सिन्धुपाल्चोकबाट आफ्नो बुवा हराएको भन्दै उजुरी दिएका थिए उनी कामको सिलसिलामा भारत गैसकेका रहेछन। संचलालको घरमा पुग्दा उनकी बुहारी पसलमा बसिरहेकी थिइन। संचालाल्को श्रीमति भने बिरामी भएको कारण केहि बर्ष देखि छोरीको घरमा बस्ने गरेकी रहिछिन। संचालालको बिषयमा मिडियामा आएको खबरहरु बारे सोध्दा उनकी बुहारी भने संचालाल हराएको तर आश्रममा मारिएको भन्ने खबर सत्य हुन नसक्ने बताइरहेकी थिइन । रामबहादुर बम्जन निर्दोष रहेको र कोहि मानिस आफुहरुलाई फसाउन लागिपरेको उनको ठम्याई थियो।

संचालालको परिवार पनि बम्जनको मैत्रीय धर्म मान्ने गर्दोरहेछ्न। तर माछा-मासु भने बार्ने नगरेको संचालालको बुहारीले बताइन। बुहारीको भनाइ अनुसार संचालाल मैत्रीय धर्म खुबै पालन गर्ने गर्थे। परिवारमा समेत माछा-मासु नखान अनुरोध गर्दथे। मोबाइल फोन समेत नबोक्ने संचालाल २०७२ सालमा सिन्धुपाल्चोकको आश्रमबाट हराएको ५-६ महिनापछि उनको छोरा महेन्द्र सिन्धुपाल्चोकसम्म बुबालाई खोज्न पुगेका रहेछन।

७२ सालको भूकम्पमा सरकारले दिएको राहत पाउनको लागि बुबाको जरुरत देखिएपछि खोज्न सिन्धुपाल्चोक सम्म गएको उनले खुलाइन। सम्पत्ती आफ्नो नाममा ल्याउन बुबाको जरुरत भएपछी उहाको खोजि गर्न सुरु गरेको तर आश्रममा पुग्दा आश्रमबाट निस्किसकेको खबर पाएपछि चुप लागेर बसेको उनले बताइन। संचालालको बिषयमा कुरा गरिरहँदा उनी बारम्बार ७२ सालको महाभूकम्पको समयमा सिन्धुपाल्चोक जिल्ला बढी प्रभावित भएको र संचालालको मृत्यु भएको हुनसक्ने बताइरहेकी थिइन।
पछिल्लो समय संचलालको छोरा महेन्द्रलाई कसैले फसाउन खोजेको उनले आरोप लगाएकी छिन। साधारण लेखपढ गर्न नसक्ने श्रीमानलाई जबर्जस्ति निवेदनमा हस्ताक्षर गर्न लगाएर संचालाल हराएको भन्दै प्रहरीकहाँ उजुरी दिन लगाएको उनले बताइन। उनि थप्छिन, ‘अन्य व्यक्ति पनि हराएका छन, हाम्रो नाम मात्र आयो र बिशेष हामीलाई मात्र फसाउने काम भयो।’ संचालालको खोजि गर्दा धेरै खर्च भएको र भएको पसल पनि सुक्न लागेको उनले बताइन।

रोचक त के छ भने बोधी श्रवण धर्म संघका अध्यक्ष मणि लामाले बारम्बार केहि मिडियासँग समन्वय गरेर संचलालको घरमा रिपोर्टिंग गर्न पत्रकारलाई पठाउने गरेका रहेछन। यसघि पनि मणि लामाले सिन्धुपाल्चोक र सिन्धुली आश्रममा आफैले मिडियाहरु बोलाएर आश्रमसम्म पुर्याएका थिए। केहि समय अघि सम्म प्रेम दोर्जे लामसंगै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेका संचालाल्को छोरा महेन्द्र कामको सिलसिलामा भारत जानुले पनि घटनामा केहि चलखेल भएको अनुमान गर्न सकिन्छ। प्रेम दोर्जे लामा भने पत्रकार सम्मेलन पश्चात अहिले गुमनाम जस्तै भएका छन न त् उनी मिडियामा देखिन्छन न त कुनै सार्वजनिक कार्यक्रममा नै।

छिमेकीका अनुसार संचालालको बानि -व्यहोरा निकै नै शालीन थियो। उनी बिना जुत्ता-चप्पल नै बाटोमा आवतजावत गर्ने गर्थे। छिमेकीहरु पनि महेन्द्रलाई फ़साइएको बताइरहेका थिए। सोझो व्यवहार बाहेक महेन्द्रलाई जबर्जस्ति उजुरीको निवेदनमा हस्ताक्षर गर्न लगाइएको उनीहरुको भनाई थियो। रामबहादुर बम्जनको बिषयमा आइरहेको समाचार बारे सोध्दा संचालाल्को बुहारी लगायत उनीहरु पनि गुरुले त्यस्तो अपराध गर्न नसक्ने बताइरहेका थिए । संचालालको उजुरी परेसंगै परिवारको आर्थिक अवास्था पनि नाजुक भएको उनीहरुले बताइरहेका थिए।

संचलाल ७२ सालमा हराएको भएतापनि ४ बर्ष पछि एक्कासी किन हराएको भन्दै उजुरी गरियो ? साधारण लेखपढ गर्न नसक्ने महेन्द्र वाइबालाई किन जबर्जस्ती उजुरीमा हस्ताक्षर गर्न लगाइयो ? उजुरी दिएको महिना दिन नबित्दै महेन्द्र किन भारतमा काम गर्न गए ? बम्जनको आदेशमा हत्या गरेर शव आश्रम आसपासमै अन्त्येष्टि गरेको हुन सक्ने आशंका गरेको संचालाल्को परिवारले अहिले रामबहादुर बम्जनलाई किन निर्दोष भनिरहेका छन ? मणि लामाहरु किन मिडियाको दुरुपयोग गरेर संचालाल्को घरमा रिपोर्टिंग गर्न पठाईरहेका छन ? यी प्रश्नहरुले संचालाल गायब भएको बिषय थामथुम पारेर बम्जनलाई लागेको आरोप सामसुम पार्न केहि शक्ति लागिपरेको सहजै अनुमान लगाउन सकिन्छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोमा छिट्टै सत्यतथ्य बाहिर आउनेनै छ।