आयो अस्ट्रेलिया बाट कडा प्रतिक्रिया, खास कुरो यस्तो पो रहेछ गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको! (भिडियो सहित)

काठमाडौं माघ २०

धुर्मुस–सन्तुली फाउन्डेशनमा उठेको रकमलाई लिएर विभिन्न शंकाका सूई चलिरहेका बेला गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको हरेक हिसाव १५/१५ दिनमा सार्वजनिक गर्ने घोषणा सीताराम कट्टेल धुमुर्सले गरेका छन् ।

आइतवार गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको शुभारम्भ गर्ने क्रममा धुर्मुसले प्रत्येक हिसाव १५/१५ दिनमा सार्वजनिक गर्ने बताए । रंगशाला निर्माणका लागि सहयोग गर्ने ब्यक्तिको नाम पनि धुर्मुस सन्तुली फाउन्डेशनको वेभसाइडबाट सार्वजनिक गर्ने बताए । ‘यो पवित्र काममा सहयोगीहरुले गरेको सहयोग रकम र खर्च विवरण हामी सार्वजनिक गर्नेछौ’ धुर्मुसले भने ।
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाले जनता र सरकारलाई जोड्ने बताए । उनले पवित्र काममा नकारात्मक टिप्पणी नगरिदिन आग्रह गरेका छन् । ‘नकारात्मक टिप्पनी नगरिदिनुहोस् हेर्दा हेर्दै अन्तराष्ट्रिय रंगशाला ठडिनेछ’ धुर्मुसले भने ‘एउटा घर बनाउन कति गाह्रो हुन्छ, रंगशाला बनाउने कुरा चानचुने छैन, मलाई भूकम्प त अहिले पो गइरहेको छ । तरपनि म खुट्टा कमाउने पक्षमा छैन ।’

धुर्मुसले डोजरमा बसेर निर्माणका काममा थालनी गरेका छन् । डोजरमा बसेर निर्माण कार्यको थालनी गर्दा आफु कलाकार मात्र नभई चित्रकार पनि भएको बताए । ‘म कलाकार मात्र हैन, चित्रकार पनि हुँ, कतिपय विषयमा डिपीआर पनि मलाई चाहिदैन ।’

त्यस्तै अस्ट्रेलियाबाट लेखक बिस्लेशक शिव न्यौपानेले अतिनै सामाजिक संजालमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी टिका टिप्पणी हरु देखा परे पछी आफ्नो प्रतिक्रिया दिनु भएको तल भिडियोमा पुरा जानकारी लिनु होला ।

धुर्मुसको फेसबुक वालमा यो म्यासेज जस्ताको तस्तै:
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी जग्गा को सर्वे को काम हामिले सम्पन्न गरी सकेका छौ । हाम्रो प्राबिधिक टोली गुरुयोजना तथा DPR तयार गर्ने तर्फ अगाडी बढी सकेको छ । हामी सबै बिषय बिज्ञहरुको सुझाव सल्लाह र परामर्श अनुशार अगाडी बढ्ने भएकोले स्वदेश तथा बिदेश मा रहनु भएका Experts बिशेस गरी प्राबिधिक ईन्जिनियर, आर्किटेक्ट, प्लानरहरु लगायत इच्छुक बिषय बिज्ञहरु यो महान अभियानमा जोडी दिनु हुन सादर अनुरोध गर्दछौ ।

सम्पर्कको लागि धुर्मुस सुन्तली फाउण्डेसन को कार्यालय, पुरानो बानेश्वर, फोन न ०१-४४८२९७१ , मोबाइल: ९८०३४७२४७६
email: dhurmussuntali47@gmail.com
सम्पर्क को लागी आधिकारिक ब्यक्ती:
नाम्: ई रवि भुषण झा
email : rabi4env@gmail.com
मोबाइल: ९८५११०७७२४p