रासकोट हस्पिटल निर्माणकोलागि इशा गुरुङ्को नेतृत्वमा २४ लाख १ सय रुपैया संकलन (पछिल्लो भिडियो अपडेट सहित)

स्कटनेपाल युके,

बेलायतमा बस्दै आएकी चर्चित सामाजिक अभियानता अर्थात समाजसेवी इशा गुरुङ् को नेतृत्वमा २४ लाख १ सय रुपैया संकलन भएको छ । पछिल्लो समय कालिकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पताल चर्चा को विषय बनेको छ । चर्चित संचारकर्मी रबि लामीछाने को नेतृत्व बन्दै गरेको रासकोट सामुदायिक अस्पताललागि समाजसेवी गुरुङले अहोरात्र खटिएर यति ठुलो रक़म संकलन गर्न सफल हुनुभएको हो ।

१५ बेडको लगभग तिन करोड लगानीमा बन्दै गरेको हस्पिटल कर्णाली जनताकालागि मात्रै नभएर नेपालमै एक नमूना हस्पिटलको रुपले लिइएको छ । गरिव जनता समयमै उपचार नपाएर अकालमै मृत्यु को मुखसम्म पुगेको धेरै घटनाहरु विगतमा घटिसकेकोले यस्तो अब नहोस भन्दै यस अभियानमा जनता आफै जागरुक भएको देखीन्छ ।

ज्यान बेलायतमा भएपनि मन नेपाल मा भएकाले कुनै पनि विरोधिहरुको कुरा नसुनेर देश र जनताकालागि यस्ता अभियानहरुले निरन्तरता पाउने जिकिर गर्नुभयो । ओएस नेपाल संग को विशेष कुराकानी का क्रममा इशा गुरुङले भन्नु भो , ‘ राष्कोट अस्पतालको संकलित रकम २४ लाख १ सय रूपिया संकलन भएको जानकारी गराउछु र अभियान पक्कै बन्द गरेको जानकारी पनि गर्दछु ! “

उनले भने अनुसार यो अभियान बन्द भएको र अहिले सम्म उठेको ज़म्मा रक़म २४ लाख १ सय रुपैया रहेको जनाएकी हुन् । देश तथा विदेश बाट मन खोलेर सहयोग गर्नुहुने सवै महान अभियानताहरुलाई विशेष धन्यवाद दिदै अभियान सफल भएकोमा खुसी व्यक्त गर्नु भएको हो ।

पछिल्लो समय लाइव अपडेट भिडियो पनि हेर्नुहोस :