भजन गााउने मिठा ओठहरू भन्दा सहयोग र सेवा गर्ने हातहरू पवित्र हुन्छन् : कुमार कट्टेल

कुमार कट्टेल,

”भजन गााउने मिठा ओठहरू भन्दा
सहयोग र सेवा गर्ने हातहरू पवित्र हुन्छन् ।
यदि कस्को मन ठुलो भन्ने प्रतियोगिता हुन्थ्यो भने सायद जित यहाँहरुकै हुन्थ्यो..”

देश विकाश जस्ले गरे पनि हुन्छ
सकिन्छ सकेको सहयोग गरौ , सकिन्न सकारात्मक प्रचार गरौ
हामी हरेक नागरिक यो देश को सरकार हो

यो देश विकाश होला भनेर कुर्दा कुर्दा हाम्रो हजुरबा हरु बित्नु भयो
अब हाम्रो बुवा हरु पनि बित्दै हुनु हुन्छ
अनी पालो अब हाम्रो
अब देश का लागी खट्नु छ र देश कुनै पनि हालत मा बनाउनु छ भाबी पुस्ताको लागी

फजुल खर्च र अनावश्यक खर्च को केहि प्रतिशत मात्र पनि यो देशको लागी लगाउदा पनि यो देश हामी आफै बनाउन सक्छौ !!

मरेर कसै ले केहि पनि लादैन
सब छोडेर नै जाने हो
सब छोडेर नै जाने हो भने छोडेर नै जाने सम्पती को केहि प्रतिसत समाज सेवा मा लगाउदा झन पुण्य कमाउने हैन र ? ?

‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’
धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माण हुने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको धुर्मुस सुन्तली फाउण्डेशनको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं। ०१ ४४८२९७१, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला । कृपया सहयोग पठाईसकेपछि हाम्रो अफिसियल फेसबुक पेजमा म्यासेज, ईमेल वा फोनमा सम्पर्क गर्न नबिर्सनुहोला ।
तपाईको सहयोगको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ मलेसियाको बिभिन्न स्थानमा हुने ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मा सहभागी हुन हामी मलेसिया आउँदैछौं । कार्यक्रम फेबु्रअरी ५ देखी १० सम्म मलेसियाका ३ सहरहरुमा हुँदैछ । हामी संगैं तपाईलाई मनोरञ्जन दिनका लागि चर्चित कलाकारहरु बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगायत पनि हामीसंगैं आउँदै हुनुहुन्छ । मलेसियामा रहनुभएका सम्पुर्णलाई कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।