यती लेख्दैमा साबर क्राइम लाग्छ भने भोग्न तयार भन्दै युवा कडा रुपमा अगाडी बढे !

अर्जुन लम्साल जापान,

धुर्मुस सुन्तली बाट थालनी गरीरहेको रंगसालाको काममा मेरो तर्फबाट हिर्र्दय देखी नमनका साथै एकदमै सहमत जनाऊन चाहान्छु जुन देशमा राजनीतिज्ञहरुले बिकासको काम गर्न सक्दैनन् त्यो देशमा जनताहरु बाटनै बीकासको मुल फुटाउनु पर्छ हुन्छ उदारणको लागी म आफैले कर्म गरीरहेको देश जापनका जनता अनी दक्षीण कोरियाको उदारण दिन चाहान्छु। सबै भन्दा पहीले आफ्नो सोच बदलौँ बिकास गर्ने जनताले नै हो ।

हाम्रो देसको सरकार लंगडो मात्र नभएर दुबै हात खुट्टा गुमाएको अपांग सरकार अनी लाज पचेका भस्टचारीहरुको जमघट भन्न रुचाउछु । त्यसमा पनी जसले प्युनको जागीर खान योज्ञता पनी छैन प्युन जागीर नपाउनेले देश चलाइ रहदा सरम गुमाएका भस्टचारी नेताहरु आफुले गर्न नसकेर एक फ़ाउन्डेशन लाइ जीम्मा दीन्छन् तर कुर्ची छड्दैन यस्ता कुकुरहरु राणा कालमा बनेका धरोहर दरबारमा बसी उनीहरुलाइ नै गाली गर्नु कतीको सोभनीय होला बरु राणा कालमा बिकासको कार्य त भएको थीयो राणहरुले बनाएको धरहरा लडेको २ बर्ष बडी भइसक्दा पनी जग बस्न सकेको छैन , देशको कैयौ ठाउबाट बाल बच्चा अहीले पनी तुइन चलाएर बिध्यालय जान बाध्य छन तीमीहरु रेल पानी जहाज़ घर घरमा ग्यासका पाइप जोड्ने कुरा गर्छौ । लाज पचेकाहरु सक्छौ भने देशको बिकासको कामहरु धुर्मुस सुन्तली लाइ देउ घुसखोरी दलाल , ठेकेदार चोर गुन्डा र माफ़ियाहरु रबि सर अनी अपील त्रीपाटी र स्वस्थको कुरा डा गोबीन्द केसी लाइ देउ उनीहरुले ५ बर्समा देशको मुहार फेरेर देखाउछन् ।

तिमीहरु जस्तो आफु बन्नको लागी नभएर देश बनाउन लागीराछन् धुर्मुस सुन्तली लाई हीर्दय देखी सलाम काम अगाडी बडाउदै जानु पछी पछी सहयोगको लागी आउने छौ बिदेश भएका करब ३० लाख युबाहरु आफ्नै देश फर्किएर काम गर्न चाहान्छन। हामीले जस्तो बैदेशिक दुख हाम्रो सन्ततिले भोग्न नपरोस् (यती लेख्दैमा साबर क्राइमको लाल्छना लाग्छ भने भोग्न तयार ) जय नेपाल

‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’
धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माण हुने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको धुर्मुस सुन्तली फाउण्डेशनको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं। ०१ ४४८२९७१, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला । कृपया सहयोग पठाईसकेपछि हाम्रो अफिसियल फेसबुक पेजमा म्यासेज, ईमेल वा फोनमा सम्पर्क गर्न नबिर्सनुहोला ।
तपाईको सहयोगको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ मलेसियाको बिभिन्न स्थानमा हुने ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मा सहभागी हुन हामी मलेसिया आउँदैछौं । कार्यक्रम फेबु्रअरी ५ देखी १० सम्म मलेसियाका ३ सहरहरुमा हुँदैछ । हामी संगैं तपाईलाई मनोरञ्जन दिनका लागि चर्चित कलाकारहरु बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगायत पनि हामीसंगैं आउँदै हुनुहुन्छ । मलेसियामा रहनुभएका सम्पुर्णलाई कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।