पन्चेबाजामा अहिले सम्मकै दोहरी घम्सा घम्सी (भिडियो)

गुल्मी, पञ्चै बाजा अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो ।

यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि। यस्तै यो मिठो मन छुने पन्चे बाजा गुल्मीको एउटा बिबाहमा देखा परेको एकदमै बज्दै गरेको बाजाको तालमा दोहरी समेत प्रयोग गरी जन्ती हरुले मनोरंजन लिएको देख्न सकिन्छ। यो एकदमै मन छुने नेपाली संस्कृति झल्काउने मिठो धुन सहित को बाजा हामीलाइ कमल खत्रीले गुल्मी बाट पठाउनु भएको जानकारी गराउन चाहन्छौ।

हेरौ भिडियो