कथा लाप्राक यात्राकाे

सरिता गुरुङ पोखरा,

कथा लाप्राक यात्राकाे…..(२०१६-०२-०४),
पोखरा….दमौली हुँदै डुम्रे…डुम्रे हुँदै आबु खैरेनी…आबु खैरेनी हुँदै १२ किलो….१२ किलो हुँदै दरौदी खोलाको देब्रे तिरै तिर।थोत्रो मोटरको कानको जाली दुख्ने घत्रङ घत्रङ गर्ने आवाज….धुलो बुनुन्न उड्ने धुलाम्मे कच्ची बाटो….बेला बेलामा सहयात्रीहरु भन्ने गर्थे हाम्रो हाइलक्स गाडी वा रे वा…ड्राइभर दाई मुसु मुसु मुस्काउदै ईण्डियन बलेरोको स्टेरिङ्ग घुमाई रहन्थे।बालुवाको चिया ब्रेक…घलेनी आमाहरु उहिले बार्पक बाट बालुवा झर्नु भको रे…भुकम्पको कथा सँग सँगै मिठो कालो चिया 10 रुपैया कपमा पिलाउनु भयो…यस्तैमा एकजना आमा खै पुरिने हो कि बगिने हो केही थाहा छैन..मरी मरी बाचियो…कहिले दरौदी खोलाले लखेट्यो कहिले भुकम्पले….अझै पनि आई रहन्छ….के हुन खोज्या हो कुन्नी…?
चियाको चुस्काई सकिन साथ हामी साझा पर्छ छिटो जाउ भन्दै आफ्नै गन्तब्य तिर लाग्यौ…ओ हो बाटो कही ठुलो खाल्टो….कही ठुलो ढुङ्गा..ज्यान यती उफार्थ्यो कि कहिले टाउको ठोकिन्थ्यो कहिले निधार….एया भन्दै हास्नु मजा यात्राको बिशेष पाटो….भिरै भरको बाटो…. ठुल ठुला ढुङ्गाहरु भरको को डिलमा… हावाको बेगले नै गुल्टिएर आँफै माथि झिम्टिन आउँला जस्तो…. उफ्फ…बल्ल मान्द्रे आईपुग्यौ…लामो श्वास फेर्दै अब चाँही भोरको बाटो सक्यो है….फेरी घुम्ती नै घुम्ती…..घुम्दा घुम्दै घले राजा हुरुको बस्ती घले गाउको शिरान पुग्यौ..तुवालो भित्र घोगामा लागेका मकैका लाम झै डम्म पारी बसेका बार्पाकी घर…..आ हा भुकम्प पछीको बस्ती त यती राम्रो…पहिले झन कस्तो राम्रो अनी रमाइलो थियो होला हगी.?आँफैलाई सोध्थे मन मनै….

अझै साँढे 1 घण्टाको उकालो छिचोल्नु छ बार्पाक देखी लाप्राक पुग्नुलाई….सुर्य अस्त बिस्तारै पश्चिमी भेगमा हुँदै थियो…हामी जती उकालो चढ्थ्यौ त्यती नै सुर्य अस्त हामी भन्दा तल देख्थ्यौ… एउटा मनोरम दृश्य सुर्य अस्तको आहा….चिसोपनले बिस्तारै मुटु छिचोल्दै थियो….सहयात्रीहरु दिनमा खोलेको ज्याकेट खोजी गर्दै थिए…आछु छु….केही दिन अगी मात्रै परेको हिउ आझै नपग्लिएका रईछन…सडक छेउ केही महिना अगी देखी बिग्रिएर बसेको स्काभेटर.. बिचरा…. न शहर झर्नु सक्ने…न बनाउने मान्छे आउनु सक्ने…यस्तै छ हाम्रो देशको ब्यथा….लौ है देउराली आईपुग्यौ….अब बस 2 घुम्ती मोडिनु मात्रै बाँकी….लौ है घुप्सिपाखामा स साना त्रिपाल अनी जस्ताका घरहरु…धुरी बाट निस्केका धुवा हेर्दा सबैको घरमा भान्छाको बेला भएछ…. साझ पख धन्न उजेलो मै पुग्यौ…होटेल बुद्ध हिमालमा बस्ने ब्यबस्था भईसकेका ले बासको खसै सुर्ता भएन….हिउ पग्लेर हिलाम्मे बनेको गुप्सिपाखाको जमिन…लोटिएला भन्ने ठुलो त्रास….चिसो उस्तै मुटु कपाउने…होटेलका दाजु अनी दिज्यु निकै मिठो मुस्कान सँगै तातो चियाले स्वागत गर्नु भयो….गुप्सिपाखामा होटेल आहा….आफ्नो वास्तविक बस्ती देखी 600 मिटर माथि बसाई सरेका लाप्राक बासी रहरले हैन बाध्यताले यहाँ आएका हुन….

मेरो दोस्रो यात्रा लाप्राक…तर उहियाका लागि EMP नेपालको सहयोगार्थ कम्बल, टोपी ज्याकेट र 500 रुपैया प्रदान गर्ने उहा हरुको सहयोगी भावनामा म एउटा पद्प्रदर्शकका रुपमा समाबेश भएकी थिए।साझको मिठो अनी तातो खाना,चिसोका कारण लुगा सबै पानीमा भिजे सरी चिसो।ओ हो खुट्टा कती चिसो!!तातिन झन्डै आधा रात नै लाग्यो।
बिहानी पख बुद्ध हिमालको मनोरम दृश्य….आ हा….हिजोको थकान सबै मेटाई दियो।मुख धोउ कि नधोउ…?पानीले निकै टोक्ने पो हो कि….हो यस्तै यस्तै…..

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.