गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा“ सेतो कात्रो हरियो बाँस “हेर्नुहोस भिडियो

रोशन पोखरेल , काठमान्डौ , माघ १४

नेपाली लोकदोहोरी क्षेत्रमा आफनो हजारौ सिर्जनामा आवाज दिइसकेका गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “ सेतो कात्रो हरियो बाँस “गीतको भिडियो बजारमा आएको छ । असङख्य दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल गायक राजुले यो गीतमा जिवनमा घटने बास्तविक घटनामा आफनो आवाज दिन पाउदा निकै गर्वको कुरा भएको बताए । आफनो प्रेम जस्तो अवस्थामा समेत आफनी प्रेमीकाको लागी निकै प्रेरणदायि विषय बन्ने गायकले बताएका छन । आफनी प्रेमीकालाई जिवन भरि साथ दिनको लागी उनले गीतमा नै आग्रह गरेका छन ।

आफुलाई त्यागेको खण्डमा आफनो जिवन नै समाप्त हुने कुरा गरिएको छ । दिपक केसीको शब्द तथा सागीतिक क्षेत्रमा विशिष्ट योग्दान पुयाएकी निशा गुरुङको मौलिक लय सिर्जनालाई गीतमा समावेश गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।“ सेतो कात्रो हरियो बाँस “गीतमा आशा खड्का र दिपक केसीको निकै मर्मस्पर्शी अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला