आयो ‘फिङ्गर प्रिन्ट’ को गीत, फिल्म चाहिं फागुन १० मा देशभर (भिडियो सहित)

काठमाडौ, १५ माघ नवीन निरौलाको लेखन र निर्देशनमा बनेको फिल्म फिङ्गर प्रिन्ट फागुन १० गते प्रदर्शन हुने भएको छ । आरआर फिल्मसले बितरण गर्ने फिल्मको मंगलबार चाहिदैन चाहिदैन बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ ।

मेडिकल साइन्सको बिषयमा केन्द्रित फिल्मको निर्माता अनिल श्रेष्ठ (रोमन) हुन् । सार्वजनीक गीतमा दीपक लिम्बूको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा राज क्षितिज र आयुष्मा कार्कीलाई फिचर गरिएको छ ।

फिल्ममा आयुष्मा र राजका साथमा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी,आनन्द पुन,शंकर आचार्य, अनुरुप पोखरेल,जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्मले भरपुर मनोरञ्जनका साथै समाजोपयोगी सन्देश प्रवाह गर्ने दावी निर्देशक नवीनको छ ।

भिडियो लिंक