लायन्य क्लब अफ काठमाडौँ पिंगलास्थानको वनभोज कार्यक्रम सम्पन्न

मुना न्यौपाने
काठमाडौँ। लायन्य क्लब अफ काठमाडौँ पिंगलास्थानको आयोजनमा वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । गत माघ २० गते शनिवार चोभारस्थित मञ्जुपार्कमा उक्त वनभोज कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा सीआइएफ कोअर्डिनेटर बालकृष्ण बुर्लाकोटी, पिडिजि भुगोल शेरचन, फष्ट भिडिजी इन्दु लम्साल, सेकेण्ड भिडिजी मनबहादुर रोका, जोन चेयरपर्सन वीणा श्रेष्ठ, डिस्ट्रीक चेयरपर्सन मनिश्रीरत्न बज्राचार्य, डिस्ट्रिक को–चियरपर्सन उमेश खतिवडा, च्याप्टर प्रेसिडेन्ट एडिजि राजकुमारी मल्ललगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
लायन्यस क्लब अफ काठमाडौँ पिंगलास्थानकी अध्यक्ष मीना श्रेष्ठ लामाले आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने र आगामी योजनाहरु समेत तय गर्ने उद्देश्यका साथ वनभोज कार्यक्रमको आयोजना गरिएको धारणा राख्नुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ सन साइन, लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीका लायन तथा लियोहरुको समेत व्यापक सहभागिता रहेको थियो ।
उक्त वनभोज कार्यक्रममा विमला श्रेष्ठ भण्डारीद्वारा प्रायोजित ‘लायन्स केक’ समेत काटिएको थियो । यसको साथै वनभोज कार्यक्रको अवसरमा परिचयात्मक कार्यक्रम, म्युजिक चियर, सियोमा धागो छिराई तथा चम्चा र गुच्चाको रोमाञ्चकारी खेलहरु समेत खेली सहभागितालाई मनोरञ्जन प्रदान गरिएको थियो ।

आयोजित खेलमा म्युजिक चियरतर्फ अनुषी पौडेल प्रथम, विन्दिका गुरुङ द्वितीय, सिर्जना काफ्ले मगर तृतीय। भएका थिए भने चम्चामा गुच्चा राखेर हिँड्ने खेलमा । प्राप्ति घिमिरे प्रथम, पारणमणि पौडेल द्वितीय, इन्द्र घिमिरे तृतीय भए । त्यस्तै, सियोमा धागो राख्ने खेलमा विनिता अर्याल प्रथम, कृष्ण घिमिरे द्वितीय, अदयाश्री पौडेल तृतीय स्थान हासिल गरी आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

सो कार्यक्रममा १०० भन्दा बढी लायन र लियोहरुले सहभागिता जनाएका थिए ।