बोधी श्रवण धर्म संघको मानिसले बम्जनको परिवारलाई घमण्ड देखाउने गरेको खुलासा (भिडियो)

रामबहादुर बम्जनको रामबहादुर बम्जनको जन्मस्थल बाराको निचगढ नगरपालिका वडा नम्बर १२ स्थित बम्जनगाउँमा रहेका परिवारलाई बोधी श्रवण धर्म संघको मानिसले घमण्ड देखाउने गरेको रामबहादुर बम्जनको भतिज अशोक बम्जनले अशोक बम्जनले बताएका छन। संघका केहि व्यक्तिले घरका मानिसले पैसा खाएको समेत आरोप लगाएतापनि घरमा ऋण धेरै भएको उनले खुलाएका छन। परिवारलाई समयसमयमा संघको मानिसद्वारा ज्यान मार्ने धम्कि समेत आएको उनले बताएका छन।

रामबहादुर बम्जनलाई लागेको सबै आरोप झुटो भएको र कसैले बिगार्न खोजेको उनले बताएका छन। बालापनको साथि समेत रहेका अशोकले रामबहादुर बम्जन तपस्या बसेको जंगलमा च्याउ खोज्न जाने र एक छाक मात्र खाना खाने गरेको सम्झीए । रामबहादुर बम्जन पहिल्यैदेखि हँसिलो, कम बोल्ने र सत्य बोल्ने खालको व्यवहार रहेको उनले बताए।

सामाजिक संजालमा बिभिन्न नकारात्मक टिका-टिप्पणीले गर्दा परिवारलाई निकै अप्ठेरो परेको र नकारात्मक टिप्पणीले गर्दा परिवारमा झन् पिडा थपिने गरेको उनले बताए। रामबहादुर बम्जनलाई भेट्ने आशामा आमा आश्रममा पुग्दा घर-परिवारलाई वास्ता नगरेको गुनासो समेत गरे । परिवारको सदस्यलाई एकपटक ‘गुरु ‘ लाई भेट्न दिने वातावरण बनाइदिन बोधी श्रवण धर्म संघलाई आग्रह गरेका छन्। एकपटक रामबहादुर बम्जनलाई भेट्न पायो भने उनीमाथि लागेका आरोपबारे सोध्न पाउने र बर्षौदेखि छोरालाई भेट्ने बृद्धा आमाको इच्छा पनि पुरा हुने उनले बताए।

हेर्नुस भिडियो: