धुर्मुस सुन्तलीको बिरोधमा फोकटका ल्याङ ल्याङ किन ?: ज्वाला संग्रौलाको कडा चेतावनी

ज्वाला संग्रौला जापान,

सामाजिक सन्जालका भित्ते राष्ट्रपतिहरु, सक्छौ भने आर्थिक सहयोग गर, सक्दैनौ भने हात बाँधेर साईड लाग, तर धुर्मुस सुन्तलीको बिरोध नगर..! हरेक कुराको सिमा हुन्छ, सीमा तोड्नेको हालत के हुन्छ, थाहै होला नि ? हेरिराछु तिमीहरुको चुरिफुरी ..!

हुनत तिमीहरुले ‘गु’ निक्लिने गरि बिरोध गरे नि स्टेडियम २ बर्षभित्र बनेरै छोड्छ !

सरकारले गर्ने भए त धरहरा अस्ति नै उठिसक्थ्यो, रानीपोखरी पहिलाको जस्तै हुन्थ्यो, ठुल्ठुला बिकाशका परियोजनाहरु बनिसक्थे। गुखाने सरकारले नगरेर पो सबै जनता मिलेर गरौँ भनेको हो त।

यस्को नाफा कस्ले लिने, घाटा कस्ले लिने भन्ने कुरामा टाउको दुखाउनु पर्दैन, सबै सबालको जबाफ पाउनेछौ। र अर्कोकुरो सरकारले गर्ने भए ३ अरबको परियोजना ३० अरबको देखाएर देश दोहन गर्ने थियो।

ठेक्कापट्टा आफ्नै भाईभतिजा र हनुमानका हातमा सुम्पेर पप्पू कन्स्ट्रक्शनको जस्तै लुटको श्रृङखला चलाउँथ्यो, अरबौं घोटाला गरेर देशलाई टाट पल्टाईदिने थियो र काम बिचमै अधुरै छोड्ने थियो । धुर्मुस सुन्तलीले चार चारवटा बस्ती बनाएर समयमै काम पुरा गरेका छन्। त्यसैले उनीहरुले यो स्टेडियम पनि समयमै बनाईसक्ने छन्। त्यसैले यो राष्ट्रीय गौरबको बिषयलाई लिएर कसैले पनि बिरोधको डाको नछोडे हुन्छ र नामको लागि यो सब गर्यो पनि नभने हुन्छ। बाचुन्जेल पुग्ने नाम त “मेरी बास्सै”ले नै दिएको छ नि उनीहरुलाई ।

कसै कसैले त धुर्मसे एमालेको हो पनि भन्न थालेछन् । के फरक पर्छ र हामीलाई देश बनाउँछु भन्ने मान्छे जुनै पार्टीको भएपनि। हामीलाई एमाले , काँग्रेस, राजाबादी जो जो आएनि मतलब छैन, देश बन्नु पर्यो कुरा यति हो। मलाई एउटै मात्र मन नपरेको चाहिँ धुर्मुसले केपी र प्रचण्डलाई स्टेजमा ठाउँ दिएको दृश्य ।

यि अनुहार न दनुवारका देश लुट्ने ब्वाँसाहरुलाई तल दर्शकको लाईनमा ठिंग्याएर लोप्पा खुवाउनु पर्नेमा खादाले सम्मान गरियो ..!

यतिमा चित्त बुझेको छैन। अरुकुरामा धुर्मुसलाई मेरो समर्थन छ। म अहिले युवा अवस्थामा छु। म ९० बर्षसम्म बाँच्न चाहन्छु र मेरा सन्तानले पनि देशको प्रगतिमा रमाउँदै देशभित्रै बसेको हेरेर मर्न चाहन्छु । त्यसैले म बिरोध गर्दिन । बरु यो लंगडो सरकारलाई पनि धुर्मुससँग प्रतिस्पर्धा गर्दै अर्को बिकाश परियोजनाको डिपिआर तुरन्त सुरु गर भनेर दबाब दिउँ न..!

फोकटका ल्याङ ल्याङ किन ? कोहि अभियन्ता बनेर पैसा उठाउने हो भने म सहयोग गर्न तयार छु ! छ कोहि ?

यो पनि पढ्नुहोस

नकारात्मक टिप्पणी नगरिदिनुहोस, हेर्दा हेदै रंगशाला ठड्याउँछु–धुर्मुस

धुर्मुस–सन्तुली फाउन्डेशनमा उठेको रकमलाई लिएर विभिन्न शंकाका सूई चलिरहेका बेला गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको हरेक हिसाव १५/१५ दिनमा सार्वजनिक गर्ने घोषणा सीताराम कट्टेल धुमुर्सले गरेका छन् ।

आइतवार गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको शुभारम्भ गर्ने क्रममा धुर्मुसले प्रत्येक हिसाव १५/१५ दिनमा सार्वजनिक गर्ने बताए । रंगशाला निर्माणका लागि सहयोग गर्ने ब्यक्तिको नाम पनि धुर्मुस सन्तुली फाउन्डेशनको वेभसाइडबाट सार्वजनिक गर्ने बताए । ‘यो पवित्र काममा सहयोगीहरुले गरेको सहयोग रकम र खर्च विवरण हामी सार्वजनिक गर्नेछौ’ धुर्मुसले भने ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाले जनता र सरकारलाई जोड्ने बताए । उनले पवित्र काममा नकारात्मक टिप्पणी नगरिदिन आग्रह गरेका छन् । ‘नकारात्मक टिप्पनी नगरिदिनुहोस् हेर्दा हेर्दै अन्तराष्ट्रिय रंगशाला ठडिनेछ’ धुर्मुसले भने ‘एउटा घर बनाउन कति गाह्रो हुन्छ, रंगशाला बनाउने कुरा चानचुने छैन, मलाई भूकम्प त अहिले पो गइरहेको छ । तरपनि म खुट्टा कमाउने पक्षमा छैन ।’

धुर्मुसले डोजरमा बसेर निर्माणका काममा थालनी गरेका छन् । डोजरमा बसेर निर्माण कार्यको थालनी गर्दा आफु कलाकार मात्र नभई चित्रकार पनि भएको बताए । ‘म कलाकार मात्र हैन, चित्रकार पनि हुँ, कतिपय विषयमा डिपीआर पनि मलाई चाहिदैन ।’

यो पनि पढ्नुहोस :

धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ मलेसियाको बिभिन्न स्थानमा हुने ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मा सहभागी हुन हामी मलेसिया आउँदैछौं । कार्यक्रम फेबु्रअरी ५ देखी १० सम्म मलेसियाका ३ सहरहरुमा हुँदैछ । हामी संगैं तपाईलाई मनोरञ्जन दिनका लागि चर्चित कलाकारहरु बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगायत पनि हामीसंगैं आउँदै हुनुहुन्छ । मलेसियामा रहनुभएका सम्पुर्णलाई कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।