राम्रोसँग बोल्न पनि नसक्ने उमेरमा १३ वर्षीय प्रेमलाई लाग्यो यस्तो खतरनाक रोग

आर्थिक अवश्थाका कारण उपचारमा समस्या भए पछि बोनम्यारो रोगले पिडितका परिवारले सहयोगका लागि आग्रह गरेका छन् ।
बराहक्षेत्र नगरपालिका वडा नम्ब–२ स्थित मिलन चौंकका १३ वर्षीय छोरा प्रेम वहादुर विकका परिवारलाई छोराको जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गरेका हुन् । आर्थिक अवश्था कमजोर रहेका विकका बुबा अमर विश्वकर्माले पत्रकार सम्मेलन गरि सहयोगका लागि आग्रह गरेका हुन् ।
विगत दुई महिना देखि बोनम्यारोले पिडित विकको उपचार हाल काठमाण्डौको नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा भईरहेको छ । पहिलो चरणकै उपचारमा भएको सबै पैसा सकिए पछि सहयोगका लागि बुबा अमरले सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘उपचारमा भए भरको पैसा सकियो, थप उपचारको लागि अस्पतालले १७ लाख लाग्ने बताएको छ ।’

आर्थिक अभावका कारण उपचारमा समस्या भए पछि स्थानीय लंकमान विश्वकर्माको अध्यक्षतामा बोनम्यारो पिडित प्रेम बहादुरको जिवन बचाउँ अभियान समिती गठन गरेर सहयोगका लागि अभियान संचालन गरिएको छ । समितीमा उपाध्यक्ष केशव दर्नाल, सचिव सन्तोष गुप्ता, कोषाध्यक्ष नन्दी प्रसाद भट्टराई र सदस्यहरुमा रन्जित लोहनी, पर्शुराम कार्कीढोलि, भिम विश्वकर्मा रहेका छन् ।

समितीले आर्थिक सहयोगका लागि सेन्चुरी बैंकमा खाता खोलिदिएको छ । बैंकको चतरा शाखामा बचत खाना नम्बर १०१०००००५२ca रहेको छ । १३ वर्षिय बालकको उपचारका लागि देश तथा विदेशबाट सहयोग गरि जीवन रक्षाका लागि सबैलाई अध्यक्ष लंकमान विश्वकर्माले आग्रह गरेका छन् । बालक स्थानिय राईजिङ्ग स्टारमा बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा पढ्दै आएका छन् ।