“ग्रिल हाउस एण्ड सेकुवा घर” सेकुवाको पारखीहरुको लागि उत्कृष्ट गन्तब्य

काठमाडौँ : ग्रिल हाउस एण्ड सेकुवा घरमा सेकुवा पारखीहरुको लागि सोनाम ल्होछारको उपलक्ष्यमा विशेष छुट हरेक खानामा हुने भएको छ । सेकुवा पारखीहरुको लागि सोनाम ल्होछारको उपलक्ष्यमा १०% विशेष छुट २०७५/१०/२२ मंगलबार देखि २०७५/१०/२८ सोमबार सम्म ब्यबस्था गरिएको छ ।राजधानीको हात्तीगौडा टोखा रोडमा अत्याधुनिक फेमिली रेस्टुरेण्ट “ग्रिल हाउस एण्ड सेकुवा घर” सञ्चालनमा आएको छ । हात्तीगौडा चोक बाट १०० मिटर भित्र टोखा रोडमा अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट संचालनमा आएको हो l “ग्रिल हाउस एण्ड सेकुवा घर” रेस्टुरेन्ट एण्ड बार अहिले पनि अनौपचारिक रुपमा संचालनमा आइरहेको छ l स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

बिगत २ दशक भन्दा बेसी अन्तराष्ट्रिय स्तरको लक्जरी चेन होटल रेस्टुरेन्टमा सेफको काम गरेको अनुभबलाइ आफै केहि गरु भन्ने उदेश्यको साथ खोलिएको “ग्रिल हाउस एण्ड सेकुवा घर” मा सेकुवा ग्रिलका परिकारहरु जसलाई फरक खालको ओभन बाट हाईजेनिक तबरले तयार पारिएको र शुक्रबार शनिबार कन्टिनेन्टल टेष्टमा चिकेन होल बारबिक्यु समेत उपलब्ध हुने यस ग्रिल हाउसमा नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने सकिने कुरा ““ग्रिल हाउस एण्ड सेकुवा घर” का संचालक मध्यका एक शंकर जिरेलले बताए । उनि बिगत २ दशक देखि ५ स्टार होटलमा सेफको रुपमा कार्यरत थिए l

राजधानीको सुन्दर क्षेत्र हात्तीगौडामा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट एण्ड बार संचालनमा ल्याइएको “ग्रिल हाउस एण्ड सेकुवा घर” का संचालक मध्यका एक रेशम गुरुङले बताउछन । ‘अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको जानकारी’ “ग्रिल हाउस एण्ड सेकुवा घर” सञ्चालक गुरुङले गराए । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । हात्तीगौडामा खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना संचालकहरुले लिएका छन ।

यस ग्रिल हाउस एण्ड सेकुवा घरका रेशम गुरुङ, शंकर जिरेल लगायतका संचालकहरु बिगत २० बर्ष देखि अन्तराष्ट्रिय स्तरका ५ स्टार होटलहरुको सेफ तथा म्यानेजमेन्टमा काम गरिसकेका अनुभबी व्यक्ति हुन l हात्तीगौडा चोक बाट १०० मिटर भित्र टोखा रोडमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ l उक्त “ग्रिल हाउस एण्ड सेकुवा घर” मा पर्याप्त पार्किङ्ग समेत सुबिधा रहेको छ l