कृष्ण ओलीको जस्तै यी २२ वर्षिया मेघाको व्यथा, करेन्ट लागेर गुमाईन दुवै हात (भिडियो)

करेन्ट लागेर दुबै हात गुमाएकी मेघा घिमिरे आफ्नो उपचारका लागि सहयोग अपिल गर्न काठमाडौँ आएकी छन्। नेपाल आर्मी बनेर देशको सेवा गर्ने मेघाको सपना करेन्ट हात गुमेपछि अधुरो बनेको छ।
२०७२ पुस २५ गतेका दिन जेठानी शर्मिला र सासू पार्वतीकासाथ मेघा कार्की बन्दै गरेको आफ्नो घर हेर्न गएकी थिइन् । घरको छतमा पुगेपछि उनलाई अचानक हाइभोल्टेजको करेन्ट लाग्यो । करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उनको जीवनमा अन्धकार छाएको हो।

यस्तो कलिलो उमेर मै गरी खाने हात गुमाउन पुगेकी मेघाका श्रीमानले पनि साथ् छोडेका छन्। २२ वर्षीया मेघाले प्रेम विवाह गरिन। जीवनभर हात थाम्छु भनेर वाचा कसम खाने उनका श्रीमान विकास कार्कीले उनी अपाङ्ग भए पछि साथ छाडिदिए। उनीसँग अहिले न आँशु पुछ्ने हात छ नत श्रीमानको साथ।

उनी भन्छिन, ‘म मैले हरेश खाएको छैन, सकेको काम आफै गर्छु। मैले धेरै अपाङ्ग व्यक्तिले आफ्नो काम आफै गरेको भिडियोहरु हेर्न गर्छु, जसले मलाई धेरै हौसला मिल्छ।’

उनी अहिले आफ्नै माइतीमा बसेकी छिन्। उनको घरको आर्थिक अवस्था निकै नाजुक छ। उनका बाबुले पियुनको जागिर खान्छन भने आमा एउटा झुल फ्याक्टीमा मजदुरी गर्छिन। उनको उपचारको क्रममा घर जग्गासमेत् सकिएको छ। अहिले पनि मेघाको निरन्तर उपचार गर्नुपर्ने तर उपचारमा समेत अभाव भएपछि मिडिया मार्फत सबैसँग अपिल गर्दै मेघालाई लिएर उनकी आमा अहिले काठमाडौ आएकी छन्।

हेर्नुहोस् भिडियो