केका लागि गए मलेसिया धुर्मुस ? मलेसिया उडेका धुर्मुस सुन्तलीले मागे करोडौ जनताबाट यस्तो सहयोग !

स्कटनेपाल युके,

ठुलो सपना सहित मलेसिया उड्न लागेका हास्यकलार तथा समाजसेवी जोडी धुर्मुस सुन्तली एयरपोर्टमा पत्रकारहरुको घेरामा परेका छन।अन्तरराष्ट्रिय क्रिकेट रंगशालामाको लागि सहयोग अभियानमा धुर्मुस सुन्तली मलेसिया उडेका हुन्।धुर्मुस सुन्तलीलाइ सहयोग गर्न यो बेला देश विदेशबाट हौसला थपिन थालेको छ।

धुर्मुस संगै चर्चित गायक बद्री पंगेनी,सम्झना भण्डारी लगाएतका कलाकार पनि साथमै रहेका थिए।मिडियाहरुको साथ् र सपोर्टले उक्त अभियान सफल रहेने धुर्मुस सुन्तलीले जानकारी दिए।

धुर्मुसले आफ्नो फेसबुक वालमा लेखेको स्टाटस सहित यो भिडियो हेर्नुहोस !

धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ मलेसियाको बिभिन्न स्थानमा हुने ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मा सहभागी हुन हामी मलेसिया आउँदैछौं । कार्यक्रम फेबु्रअरी ५ देखी १० सम्म मलेसियाका ३ सहरहरुमा हुँदैछ । हामी संगैं तपाईलाई मनोरञ्जन दिनका लागि चर्चित कलाकारहरु बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगायत पनि हामीसंगैं आउँदै हुनुहुन्छ । मलेसियामा रहनुभएका सम्पुर्णलाई कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।