खुल्यो कहाली लाग्दो रहस्य सनुमायाको उद्दारको लागि पत्रकारको टोलि पुग्दा

भक्तपुर : मोरङ जिल्लाको मिक्लाजुंग गाउपलिका वडा नं. ६ कि देवीमाया महरालाई डोरीले बाधेर राखिएको ३० वर्ष भन्दा बढी भइसकेको छ। उनको आमा सानुमाया महराको भनाइ अनुसार रेखदेख गर्ने मान्छेको अभाव भएकाले उनलाई सानै देखि यसरी बाधेर राखिएको हो।

करिव एक हप्ता अगाडी सानुमायाको दर्दनाक पिडा देखेर हामी पिएनपिमिडिया टिम उनको घर सम्म पुगेका थियौ। सनुमयाको जीवन कथा अनि देविमयाको पीडादायी दैनिकी देख्दा उनलाई त्यस्तै अवस्थामा छोड्न हामो मनले मानेन। काठमाडौँ आएपछि पनि मोरंगकि सानुमायाको कहालीलाग्दो जीवनकथा झल्झली याद आइरह्यो। उनको झुप्रो घर, दुइजना अबोध नातिनातिना अनि डोरीले बढेर राख्नु पर्ने देवीमायालाई दिनरात नभनी गर्नुपर्ने स्याहारसुसार, बिहान खाए बेलुका के खाने भन्ने पिर उनको मलिन अनुहारमा प्रस्ट देखिन्थ्यो।

उनको मलिन अनुहारमा अलिकति भए पनि खुसि छाउछ कि भनेर हामी फेरी उनको घर जाने निर्णय गर्यौ। काठमाडौँ कै केहि मिडियाकर्मी र भक्तपुरको मानव कल्याण समाजको सहकार्यमा हामी उनको घर एकाबिहानै ५ बजे नै हिड्यौ। देवीमायाको घर सम्म पुग्ने र फर्कने खर्च मिडियाको र केहि राहतका समानहरु भने मानव कल्याण समाजको सहयोग र सहकार्यमा करिव ११ घण्टाको बसयात्रापछि हामी बल्ल उनको घर पुग्यौ।

उनको घर पुग्दा देविमाया पहिलाको जस्तै डोरीले बधिएकै थिइन्। घरको भित्तामा टेको लगाएर बधिएको डोरी सामान्य सुर्केनो मात्र पारिएको थियो। उनलाई बस्न चकटी ओछाइएको थियो। यद्दपी उनी भुइमा नै बसिरहेकी थिइन्। यसको मतलब उनलाई भुइमा बस्नु हुँदैन चकटीमा बस्नु पर्छ भन्ने सम्मको सामान्य कुराको समेत ज्ञान छैन।

सानुमाया आफै ८५ वर्ष कि भैसकिन। अब यो उमेरमा उनलाई उनको सन्तानले स्याहार्नु पर्ने बेला उनले नै आफ्नो सन्तानलाई स्याहार्नु पर्ने भएको छ। उनको पिडामा मलम लगाउन पुगेका हामी वास्तावमा सानुमाया र उनकी छोरीलाई उपचार र उद्दार गर्न पुगेका थियौ। हामीले काठमाडौँमा देवीमायालाई लाग्छौ तपाइको छोरीको उपचार र राम्रो ख्याल हुन्छ भनेर प्रस्ताव राख्दा बुढेसकालमा छोरीलाई नपठाउने भन्दै उनले प्रस्ताव अस्विकार गरिन्। आफूले दुख सुख गरेर हुर्काएको छोरी काठमाडौँ लगेसी के गर्ने हो कस्तो हुने हो भनेर उनि सायद डराइन् क्यारे उनले छोरीलाई पठाउन मानिनन्।

बच्चा बेला देखि स्याहरेकी छोरी उनको बुढेसकालको एकमात्र साहारा हुन्। उनी चाहे स्वस्थ्य हुन् वा अस्वस्थ्य सन्तान त आखिर सन्तान नै हो। छोरी बिना उनको मन नलाग्ने भनेपछि उनी सहित छोरीलाई काठमाडौँ आउन आग्रह गर्यौ। आफ्नो जन्मेको थलो पुर्खा देखि बसेको ठाउ चटक्क छोडेर आउन कसलाई पो मन हुन्छ र। स्थानीय मिडियाकर्मी, छरछिमेकी र हाम्रो अथाह प्रयास पछि बल्ल सानुमाया काठमाडौँ आउन मानिन। आफ्नो छोरी निको हुन्छिन् भने काठमाडौँ जाउ न त भन्ने उनलाई लागेछ क्यारे बल्ल उनले हुन्छ भन्ने संकेत दिंदै मुन्टो हलाइन्।

हामीले लगेको राहतको सामग्री उनको हातमा थमाइदिदै हामी छिट्टै उनिहरुलाई फेरी लिन आउने बाचाका साथ फर्कियौ। गाविसको केहि कागजात मिलाउन समय लाग्ने भएकोले पुन एकपटक उनीहरुको घर गइ सम्पूर्ण कागजात मिलाएर उनीहरु दुई आमा छोरीलाई काठमाडौँ ल्याउने हाम्रो प्रयास जारि नै छ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.