९० रोपनी जग्गाको मालिक, राजाको गाडी हाकेका यी पूर्व हवल्दारको आज यस्तो अवस्था (भिडियोसहित)

भक्तपुर। वि.सं २०१३ सालमा काभ्रे जिल्लाको भुम्लु २ मा जन्मिएका क्षेत्र बहादुर भण्डारी जन्मजातै अपाँङ्ग होईनन् र गरीब परिवारमा जन्मिएका ब्यक्ति पनि होईनन् । उनका बुबा ईण्डियन आर्मी थिए। परिवारमा खानलगाउन कुनै दुख थिएन। क्षेत्र बहादुर भण्डारीको नाममा काभ्रेको भुम्लु २ मा ९० रोपनी जग्गा समेत थियो। सबैको चाहना हुन्छ रोडबाट करोडमा पुग्ने, झुप्रोबाट महलमा पुग्ने तर बिडम्बना यी क्षेत्र बहादुर भण्डारी करोडबाट रोडमा आईपुगेका मानव जीवनका एक पात्र हुन्।
२०३७ सालमा नेपाल प्रहरीको सिपाहीमा भर्ती भएका भण्डारी २०४० सालमा हवलदारमा बढुवा भएका थिए। बाग्मती अञ्चलका उनी शक्रिय हवलदार थिए। २०४४ सालमा नेपालमा पहिलो सार्क सम्मेलन हुँदा उनले भुटानी राजाको गाडी ड्राईभ गरेका थिए। उनको ड्राईभबाट अति नै प्रशन्नँ भएर उनको वफादारीता र काम प्रगतिको लगनशिलताको कदर र सम्मान् गर्दै पहिलो सार्क सम्मेलनमा भाग लिन आएका भुटानी राजाले उनलाई तक्मा समेत लगाई दिएका थिए।आफ्नो कार्यकालमा ऊनले धेरै राम्रा राम्रा काम गरेर विभागबाट आफू सम्मानीत भएको कुरा पनि उनले बताए।

२०४० सालदेखि २०४७ साल सम्म आफ्नो काम प्रति शक्रियता देखाउदै आएका प्रहरी हबलदार क्षेत्र बहादुर भण्डारी असाईमा बढुवा हुने पक्का पक्की भईसकेको थियो। तर विभाग भित्रका केही भ्रष्ट बिचार बोकेका ब्यक्तिहरुले उनलाई असाईमा बढुवा हुन दिएनन्। त्यसपछि ऊनले २०४९ सालमा नेपाल प्रहरीको जागीरबाट राजीनामा दिए।

पूर्व प्रहरी हबलदार क्षेत्र बहादुर भण्डारी दुःखी हुँदै भन्छन, ‘जागीरबाट राजीनामा दिने मेरो चाहना थिएन र असाईमा बढुवा नगरीदिएकोमा पनि मलाई कुनै दुःख मनाऊ थिएन। त्यसबेलाको नियममा राजीनामा दिन्छु भनेपछी सरुवा माग्न पाईन्थ्यो। त्यही सोँचेर मैले राजीनामा दिएको थिएँ तर ठ्याक्कै ऊल्टो भईदियो। विभागका हाकीमले न त मलाई बोलाएर केही सोधपुछ नै गरे, न त स्पष्टीकरण नै मागे। बिना सोधपूछ राजीनामा पत्रमा हस्ताक्षर धस्काई दिएछन् म त छाँगाबाट खसेजस्तो भएँ। विभागका कमाण्डरले धन्यवाद सहितको अवकाश पत्र मेरो हातमा थमाईदिए। त्यही धन्यवाद सहितको अवकाश पत्र समाएर विभागलाई धन्यवाद दिँदै म घर तीर लागेँ।’

हबलदारको जागीरबाट अवकाश पाएका उनी अहिले बिगत एक दशक देखि काठमाडौंको टेकूमा अवस्थित अम्बे कम्प्लेक्सको भर्‍याँङमुनि बस्दै आएका छन्। साथमा पानीको डिब्बा र तौल नाप्ने मेसिन राखेर उनी दिनभरी त्येही भर्यांग मुनी बस्छन्।

सुगर रोगको कारण उनको खुट्टा काट्न परेको उनले बताए। त्यसपछि उनी अपाङ्ग हुन पुगे। राजेश हमालको भाई राकेश हमालले उनलाई व्हिलचियर उपलब्ध गराएको उनले बताए।

जेठी बुहारीले कोठा छोडेर कता जान मन लाग्छ जानु भने पछि उनले घर छोडेर हिडे। काठमाडौँको सडकमा व्हिलचियरमा जीवन बिताउन बाध्य अहिले उनी एक्लै बस्छन्।

‘कस्तो कर्म जिन्दगि रहेछ व्हिलचियरको डाइभर पो भइएछ’ भन्दै मुटु भरि पिडा साचेर आफैले रचेको गीत गुनगुनाए उनले।

बाँकी हेर्नुहोस् भिडियोमा

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.