‘चौरीको चाम्रो छुर्पी’ देखि ‘रेशम फिरीरी’ कचौराबाटै बजाउने अद्भुत प्रतिभा (भिडियोसहित)

भक्तपुर। आजकाल आधुनिक विद्युतीय वाध्ययन्त्रका कारण परम्परागत शास्त्रीय बाजाहरु हराउँदै गएको पाइन्छ। त्यसमध्य जलतरंग बाजा पनि एक हो। तर निरन श्रेष्ठ आजभोलि जलतरंग बाजा बजाउन लिन भएर लागिपरेका छन्।
विभिन्न गीतहरुमा जलतरंग बजाएर चर्चामा आउँदै गरेको निरन श्रेष्ठ गितार र ड्रमसेट बजाएर सांगीतिक माहोल तताउने समयमा उनी झोलामा कचौरी र पानी लिएर जलतरंग बजाउन उत्सुक हुन्छन्।

जलतरंग शास्त्री संगीतको एउटा अभिन्न अंग हो । सितार, हार्मोनियम, तबलासंग जलतरंगको मधुर ध्वनिले संगीत पारखीहरुको मन र मस्तिष्क एकैपटक छुन्छ । आफू यसमा सुरुवाती चरणमा रहेको बताउने निरन आफू सांगीतिक क्षेत्रमै लागिरहने र जलतरंग सुन्दा नै अनौठो अनुभूति लाग्ने हुँदा यसमा लागिपरेको बताउँछन् ।

नेपाल्स गट ट्यालेन्टमा समेत उनले सहभागिता जनाएका छन्। उनी त्यस शोमा छानिए भने उक्त जलतरंग बाजा अझै राम्ररी नया तरिकाले बजाउने बताउछन्। उनलाई परिवारको तर्फबाट पनि साथ सहयोग मिलेकोले उनी झन् धेरै हौसिएका छन्।

बाँकी हेर्नुहोस् भिडियोमा