याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय

काठमाडौं : वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो… को म्यूजिक भिडियो निर्माण गरिएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो… सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो निर्माण कार्य सकिएको छ । यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् ।
दोस्रो एल्वम आकृतीकालागि तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्र गीत लेखन तथा आधुनिक गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

याद तिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ
सम्झी सम्झी रुनु भन्दा मिल्छ भने हासो पठाइदेउ…

याद तिम्रो धेरै आइरह्यो… गीतको म्यूजिक भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गर्नेछन् ।

गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्री चौलागाईको केमेष्ट्री खुलेको पनि छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा क्रमश… जम्दै गरेका छन् ।

छायाँछवि क्रियशनले निर्माण गरेको म्यूजिक भिडियो फाल्गुनको पहिलो साता रिलिज गरिने छायाँछवि क्रियशनले जनाएको छ ।