रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले हैन दुइ तिहाइको सरकारले बनाउनु पर्छ भन्दै एक नारीको कडा जबाफ (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक खातामा पैसा भए पनि नभए पनि रंगशाला बनाउने र त्यसमा सहयोग गर्ने आँट देखाएको भन्दै उनले प्रशंसा गरेका छन् । उनले सहयोग गर्छु भन्नेहरुलाई रकममै बाचाअनुसार रकम उपलब्ध गराउन आग्रहसमेत गरेका छन् ।नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् ।कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुबैको प्रशंसा गरेका हुन् ।

बजेट निकै ठूलो छ । पैसा छैन तै पनि आँट गर्‍यो । आँट गरेर नगरपालिकासँग सम्झौतै गर्‍यो’ उनले भने, नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेकोमा खुुसी व्यक्त गर्न चाहन्छु ।अन्तर्राष्ट्रिय रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले हैन २ तिहाइको यो सरकारले बनाउनु पर्छ भन्दै एक नारी मिडियामा आइन तल भिडियोमा हेर्नुहोला ।