मोरंगको एक परिवारका ५ जना छोरा छोरीलाइ यस्तो भयो , बुबा पनि आँखा नदेख्ने आमाको यस्तो हालत (भिडियो सहित)

झापा दमक । इटहरा ७ सिक्किमे टोलका तुलसी र सृजना ढुंगानाको सपना पनि यो भन्दा फरक थिएन । दुई छोरा र तीन छोरी हुर्काउँदा उनीहरूले सुरुमै चाल पाए आफ्ना छोराछोरी अरूजस्तो सामान्य खाले छैनन् । त्यसपछि उनीहरू भविष्यको सुखद कल्पना भन्दा पनि आफ्ना सन्तानको अवस्थादेखि चिन्तित छन् ।हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, बोल्न र सोच्न नसक्ने सन्तान भएपछि भविष्यको सुख हैन दैनिक हातमुख जोर्ने समस्यासँगै उनीहरूको हेरचाहमा दिनहरू बिताउनुपरेको छ । ढुंगाना दम्पतीका सात सन्तानमध्ये दुई सपाङ्ग भए पनि ५ जना भने मानसिक र शारीरिक रूपमा अपाङ्ग छन् । सुस्त मनस्थितिका निर्मला ३३, निर्मल ३२, उमेश २८, पवित्रा १९ र गोमा १७ वर्षकी रहेकी छन् ।

तुलसीराम ढुङ्गानाको आम्दानीको स्रोत डेढ बिघा जमिन मात्र हो । छोराछोरी अपाङ्ग भएपछि सघाउने नहुँदा उनले भएको खेत अँधिया लगाएका छन् । अँधियाबाट आएको धानले वर्षभरि परिवारलाई खान पुग्दैन, किनेर खानुपर्ने अवस्था छ । आम्दानीको स्रोत अरू छैन ।
खुवाउनेदेखि दिसापिसाबसमेत अरूको सहाराले गराउनुपर्ने हुन्छ । उनीहरूले आफैं निश्चित ठाउँमा केही गर्दैनन् । दिनभरि उनीहरूको गोठालो लाग्नुपर्ने अवस्थाको कारण आफू पनि अन्त काम गर्न जान नसक्ने अवस्थामा रहेकी सृजना बताउँछिन् । सरकारले कुनै राहत दिए दैनिकी चलाउन सजिलो हुने आशामा उनी रहेकी छन् ।