‘मैले भन्दा धेरै माया’ दुई दसक देखि रङ्गकर्ममा रहेका गीतकार दिपक राज पाठको भिडियो

काठमाडौं । गीतकार र कलाकारको रुपमा परिचय बनाएका गीतकार तथा समाजसेवी दीपकराज पाठकको गीतको चर्चा सधै हुने गरेको छ ,र अब गीत लेखन संगसंगै यतिबेला पाठक म्युजिक भिडियो निर्देशनतर्फ पनि अघि सरेका छन ।

दर्जनौं गीत लेखेर रेकर्ड गराए पनि गीतकारको परिचय भित्रको अर्को क्षमता वाहाले बल्ल देखाउन सफल हुनुभएको छ । उनको आफ्नै गीत ‘मैले भन्दा धेरै माया’ मा निर्देशन समेत आफैंले गरेका छन् । गीतकार पाठकको शब्दरचनामा रहेको यस गीतमा विपिन आचार्यले संगीत एवं संगीत संयोजन गरेका छन् भने चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर गीतमा समावेश गरिएको छ ।

भिडियोमा कलाकार गजित विष्ट र कसिस दाहाललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठक र प्रकाश लम्सालको अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन । भिडियोको निर्देशन भने गीतकार पाठक आफैंले गरेका हुन् । मेरो आफ्नै शब्द रचना भएकोले गीतको मर्म अनुसार मैले भिडियो तयार गरेको छु। आशा छ मन पर्ने छ। हेरेर प्रतिक्रिया दिनुहुने छ भन्ने आशा राखेको छु ” गीतकार पाठकले भन्नु भयो।

हेर्नुहोस भिडियो :