जापानमा हिजो आज देखीएको डरलाग्दो परीस्थीती पारपाचुके तथा महिला माथी गरीने पारिवारिक हींसात्मक गतीबिघी

अर्जुन लम्साल, जापान :

जापानमा हिजो आज देखीएको डरलाग्दो परीस्थीती पारपाचुके तथा महिला माथी गरीने पारिवारिक हींसात्मक गतीबिघी तथा झैझगडा दिन प्रतिदिन दोब्बर हुदै गएको कुरा सामाजीक सन्जाल तथा मीडीयामा आएको कुरालाइ हेर्दा सजीलै आंकलन लगाउन सकीन्छ। यस्ता कुराहरु बड्नुको पछाड़ी जापानको लामों काम , काममा हुनेगरेको तनाब र जापान आउदा लीएको रीँण ब्याज पनीहो त्यसको साथै दीन दीनै मादक पदार्थ सेबन गरी परीवारमा समय नदीनु पनी मुख्य कारण हुन सक्ने बिज्ञहरुको आंकलन छ।

यसको अर्कों पाटो जापानमा लामो समय देखी बसो वास गर्दै आउनु भएकाहरुले नयॉ आउनेहरुलाई हेपाहा प्रब्रित्ती देखाउने अनी ख़राब नजरले हेर्नुको साथै उनीहरुले देखाउने यौन हारासमेन्ट को नजरले पनी एक हो । यसको बारेमा केही उदारण दिनको लागी अनुमति लीन्छु । काम लगाइदीने देखी लीएर काम दीने हरुको बारेमा कसैले भन्छ तीमीलाइ काम लगाइदीन्छु तेसबापत मलाइ योसो….. भन्छ, तेसले आफ्नो स्वार्थ पुरा गरेर काम सम्म त पुराउछ फेरी त्याहा पुगेपछी काम भन्दा पहीला नै शारीरीक बनावट र अनुहार हेरीकन हारासमेन्ट को बारेमा बहस हुन्छ अनी मात्र सेलेक्ट गरीन्छ यो कुरा नेपाली महीलाको लागी मात्र नभएर जापनीज हरुको बारेमा पनी सुनीदै आएको कुरा र एक दुइ ठाउमा आफुले पनी महसुस गरेको कुरा हो नैतीकताबाट गीरेका नेपाली साहु (केही मात्र) भनाउदा जापानीज गाक्को पढनेहरु माथी पनी यस्तो घटना हरु घटेको बारेमा पनी सुन्नमा आइरहन्छ तर जापानमा भएका महीला समुदाएको ध्यान नपुगेको र तीजको प्रोग्रामको नाच गान जस्ता रमाईलो कार्यक्रमा चासो दिने महिला – दिदीबहिनीहरूका समुहहरूले .. विभिन्न कामको बाहानामा यौनजन्य हिंसा गर्ने र गराऊने व्यक्त्ति समाजका कीरा र पिडीतहरूको पक्षमा चासो दिने र बोल्ने नगरेको देख्दा अचम्म लाग्छ ।

यतिसम्म कि जापानमा नेपालीहरुले जापानिज गाकुसेईहरूलाई समेत नराम्रो द्रष्टिले हेर्ने गरेको कुराहरु पनी बाहीरीन थालीरहेका छन। के नेपालीहरूले स्वदेश मात्र नभई अब विदेशमा पनि नेपाली दिदी – बहिनीहरूमाथि कु – द्रष्टि लगाऊन नछोड्ने नै हुन त ? मात्र नाच गान जस्ता रमाईलो कार्यक्रममा चासो दिने महिला – दिदीबहिनीहरूका समुहहरूले .. विभिन्न कामको बाहानामा यौनजन्य हिंसा गर्ने र गराऊने व्यक्त्ति र पिडीतहरूको बारेमा एक्टीभ नभएको देख्दा उहाहरुले यसको बारेमा नसोचेको या व्यवस्था गरीरहेको बुज्न सकीन्छ तेसको लागी समयमानै कुरा उठाउन नसकेमा जापानमा रहेको नेपाली समाज कुहीएर जानेछ र पछुताउनु बाहेक कुनै चाहारा नरहने देखीन्छ । मैले बुजेको कुरा अरु जापानमा रहने दीदी बहीनी हरू माथी समर्पण गर्दै आफ्नो तर्फ बाट सकेको हातेमालो गर्ने बाँचा गर्न चाहान्छु।