तातो बालुवामा झरेको खुनको कमाइले बन्ने हो स्टेडियम, ए धुर्मुस दाइ, क्रिकेट स्टेडियम बनाउन लाग्नुभएछ : डा. निरन्जन अर्याल

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् । धुर्मुसले सार्बजनिक गरे लगतै सामाजिक संजालमा उनलाई बधाईको ओइरो सुरु भएको छ त्यस्तै डा. निरन्जन अर्याल ज्युले आफ्नो फेसबुकमा लेख्नु हुन्छ :

”ए धुर्मुस दाइ, क्रिकेट स्टेडियम बनाउन लाग्नुभएछ, धन्याबाद र बधाई छ | तपाईलाई सहयोग गर्ने सहयोगी हरुको मान त राख्दिनुस यार | तपाइलाइ तलब काटेर पैसो पठाउने बिदेशिएका नेपाली दाजुभाइ, तर तपाइको घोषणा कार्यक्रममा माला लगाएर गमक्क परेर तथानाम भासन गर्ने चोर नेताहरु !! तातो बालुवामा झरेको खुनको कमाइले बन्ने हो स्टेडियम, वाइड बडी को ४ अर्ब र किसानको मलमा ठगिएको २५ करोडको एक सुको पनि पाउनुहुने छैन तपाइले । थोडा त सम्झिलिनुस यार ।”

पुरा जानकारी को लागी तल पुरा पढ्नु होला भिडियो सहित :

चितवनको भरतपुर महानगरपालिकामा एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनले नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने घोषणा गरेको छ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ४ वटा द्वार हुनेछन् । रंगशालाको अग्रभाग स्तुप शैलीको हुनेछ भने खेलमैदान वरिपरिको भाग कमलको फूलको आकारमा हुनेछ । क्रिकेट रंगशालामा करिब २५ हजार दर्शकमात्रै अट्नेछन् । बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । रंगशालामा नेपालका धार्मिक सम्पदाहरुको अवलोकन गर्दै प्रवेश गर्न मिल्ने गरी गेटहरु बनाइने छन् ।

यो रंगशालामा फुटबल लगायत भलिबल, नेपालको मौलिक खेल डण्डिवियोसम्म खेलिने सहमतिपत्रमा उल्लेख छ । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ ।

समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ । रंगशाला निर्माणका लागि आर्थिक व्यवस्थापनका लागि लेखा समिति संयोजक तोकिएको छ भने ३ जना ईन्जिनियर रहनेछन् । बाकी बिस्तृत जानकारीको लागी तलको भिडियो पुरा हेर्नुहोस ।

धुर्मुस सुन्तलीको सामाजिक संजालमा तलको स्टाटस जस्ताको तस्तै :

धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवन भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा भएको आजको यो ऐतिहासीक दिनले हामीमा अझ बढि जोश, जाँगर, उर्जा र शक्रियता थपेको छ । आगामी दिनमा पनि यहाँहरु सबैको पुर्ण साथ सहयोग र सद्भावको कामना गर्दछौं ।

क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं. ०१ ४४८२९७१ मा सम्पर्क गर्नुहोला ।