मेलबर्नको कोबर्ग पुस्तकालयलाई नेपाली पुस्तक हस्तान्तरण

मेलबर्नको कोबर्ग पुस्तकालयमा बिगत केही बर्षदेखि नेपाली पुस्तकहरु राख्न शुरु गरिएको छ । यस्ले नेपाली साहित्यमा रुची राख्ने त्यस भेगका नेपालीहरु त्यहा गएर नेपाली पुस्तकहरु पढने वा घर ल्याएर पढने सुबिधा प्राप्त गरेका छन ।

सोही पुस्तकालयको हाताभित्र जनवरी ७ तारिखका दिन काव्य साहित्यकार तथा प्राज्ञ बियोगी बुढाथोकीद्धारा लिखित पुस्तक “मुक्तक मल्लिका” को बिमोचन कार्यक्रमपछि कान्तिपुरका वरिष्ठ उपसंपादक एबं वरिष्ठ उपन्यासकार घनस्याम खड्का उक्त पुस्तकालयमा नेपाली पुस्तकहरु हेर्न जाने क्रममा आँफैद्धारा लिखित उपन्यास पनि त्यहाँ देखेर खुशी भए । लेखकले आफ्नो देशबाट यत्ति टाढा आएर पनि यहाँँको पुस्तकालयमा आफ्नो पुस्तक देख्न पाउनु र पाठकले अधिकाधिक आफ्नै भाषाका पुस्तकहरु देखन पाउनु निस्छाया पनि खुशीको कुरा हो ।

कोबर्ग पुस्तकालयमा नेपाली पुस्तकहरु थपिने क्रम जारी छ र त्यसै क्रममा आज फेब्रुअरी १ तारिखका दिन मेलबर्नमा आफ्ना पुस्तकहरु बिमोचन गर्ने साहित्यकार वियोगी बुढाथोकी तथा मुक्तककार सुशील चालिसे दुबैले आ-आफूले लेख्नु भएका पुस्तकहरु पुस्तकालयका टिम लिडर सु विल्सन र लाइब्रेरी कोअर्डिनेटर न्यारेट स्टुएटलाई हस्तान्तरण गर्नु भएको छ । पुस्तकालयमा नेपाली पुस्तक थप्न योगदान पुर्‍याउनु हुने दुबै लेखकहरुलाई हार्दिक बधाई ।