श्रीमानश्रीमतीकै रुवाबासी, कृष्ण ओलीको भन्दा दर्दनाक अवस्था हेर्नुहोस्

भक्तपुर। बुद्धि मान कुवर भर्खर २३ वर्षको भए। उनी इन्डियामा काम गर्ने शिलशिलामा उनको खुट्टाहातमा करेन्ट लागेर उनको दुइवटा हात र एउटा खुट्टा काटिएको छ। उनको बाँकि रहेको एउटा खुट्टा पनि सुक्दै गइसकेको छ।
उपचारको क्रममा उनको १३ लाख भन्दा बढी रकम खर्च भइसकेको छ। यो रकम पनि उनले साहुबाट ऋण काढेका हुन्। अहिले विशाल हृदयका नपाली दाजुभाई तथा दिदिबहिनिले देश साथै विदेशबाट कृष्ण ओलीलाई सहयोग गरेर उनको अबको बाकीको जीवन उज्वल बनाउन सहयोग गरिदिनु भएको देखेर बुद्धिमानलाई पनि केहि सहयोग गरिदिनु हुन्छ कि भनेर उनी आशावादी भएका छन्।

घरमा कमाउने उनी नै थिए। अब उनको नै यस्तो हालत भए पछि अहिले जिविको पार्जन गर्न समेत धौ धौ परेको छ यी कुँवर दम्पत्तिलाई। नेपालगंजमा रहदा उनीहरुलाई सहयोग जुट्न अलि असहज हुने भएकोले अहिले बुद्धिमान काठमाडौँ आएका छन्।

सहयोगी मनले सहयोग गरिदिए उनलाई पनि कृतिम हातखुट्टा हाल्न मन छ। केहि गर्न नसके पनि सामान्य काम गर्न सक्ने भए पनि धेरै हुन्थ्यो भने बुद्धिमानकी श्रीमती बाराम्बार पुकार गर्छिन्। अहिले उनले नै बुद्धिमानको हेरचाह गरिरहेकी छिन्। खुवाउने, लुगा लगाइदिने, दिसापिसाब गराउन लग्नु पर्ने सबै उनको श्रीमतीले नै गरिरहेकी छिन्।

उनको एउटा छोरा पनि छ। मिडियाकै साथ् र सहयोगले अहिले उनको छोरा बोर्डिंग विद्यालयमा भर्ना भएको छ। छोरालाई अहिले सम्म एक्लै नछोडेको भन्दै बुद्धिमानकी श्रीमतीले भनिन् ,’हामी पहिलो पटक काठमाडौँ आएका हौ। छोरा उतै छ। मसँग बाहेक अरु कोहि सँग पनि छोरा मान्दैन साझ मलाई नै खोज्छ। अहिले के खायो होला ममी खै भन्दै होला। ‘

बुद्धिमानलाई सहयोग गर्न चाहनेले सहयोगको लागि :

खाता नम्बर : एन आई सि एसिया बैक : १८७०१३५५०९५२४०१
श्रीमती : ९८२२४१५५२७
आमा : ९८०५९५०६०४२
सहयोग समिती : ९८६१३६३९८२

हामी मार्फत सहयोग गर्न चाहेमा पिएनपि मिडिया: ९८५१०१८०६३

बाँकी हेर्नुहोस् भिडियोमा