बिभु बजगाईंको “भावना” सार्बजनिक रन्धिर श्रेष्ठको निर्देशनमा

स्कटनेपाल युके,

अहिले म्युजिक भिडियोमा निक्कै ब्यस्त निर्देशकको रुपमा चिनिने निर्देशक रन्धिर श्रेष्ठको निर्देशनमा गायक बिभु बजगाईंको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ए रस प्रोदुच्शन को प्रस्तुति रहेको “भावना” बोलको उक्त गीतमा शब्द गायक स्वयम् बिभु बजगाईंको रहेको छ भने संजीत मन्जिल बिक्रम के सी को रहेको छ ।

यस सार्बजनिक भिडियोमा दर्शन काजी तथा श्रिषा कुँवरलाइ फिचर्ड गरिएको छ भने बाल कलाकार चिराग बजगाईंले उनीहरुलाई साथ दिएका छन् । रन्धिर श्रेष्ठको निर्देशन र सम्पादनमा तयार भएको यो रोमान्टिक गीतको भिडियोलाइ अचित श्रेष्ठले छायांकन गरेका छन् । कृति बरालको सिंगार, अनिल श्रेष्ठ तथा राष्ट्र बाबु तामाङको सहायक निर्देशन यस भिडियो देख्न सकिन्छ।

तिक्तोक मा प्रतिभा प्रदर्शन गर्दै म्युजिक भिडियोको यात्रा गर्ने क्रम अहिले निक्कै बृदि हुदैछ। यस भिडियोका जोडी दर्शन काजी तथा श्रिषा कुँवर पनि तिक्तोक बाटै छानिएको र उनीहरुले राम्रो अभिनय प्रदर्शन गरेको देख्न सकिन्छ।

हेर्नुहोस भिडियो :