भेनेजुएलासँग एक्येवद्धताः अमेरिकी हस्तक्षेपको प्रतिवाद गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

१७ माघ,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलाको आन्तरिक मामलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । उनले आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नहुने बताउँदै भेनेजुएलाका सरकार छान्ने अधिकार भेनेजुएयाली जनतालाई मात्रै भएको समेत श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेप सर्वहारा र उत्पीडित वर्ग माथिको हस्तक्षेप भएको बताए । “अमेरिकाले भेनेजुएलामाथिको हस्ताक्षेप सर्वहारा वर्गमाथिको आक्रमण हो । साम्राज्यवादको नाइके अमेरिकाले भेनेजुएलामाथिको निन्दनीय छ, त्यसको विरुद्ध संघर्ष गर्नुपर्छ” श्रेष्ठले भने ।

‘साम्राज्यवाद विरोधी मोर्चा’ ले विहीबार काठमाडौँको संवाद डबलीमा ‘भेनेजुएलासँग एक्येबद्धता’ जनाउन आयोजित कार्यक्रममा बोल्दै नेकपाका उपाध्यक्ष लोकनारायण सुवेदीले साम्राज्यवादको चरित्रअनुसारै भेनेजुएलामा आक्रमण भइरहेको छ । उनले नेपालीहरु साम्राज्यवादविरुद्ध लड्दै र बोल्दै आएको भन्दै भेनेजुएलामाथिको आक्रमणको पनि विरोध गर्नुपर्ने बताए ।
मोर्चाका संयोजक नरेन्द्रजंग पीटरले भेनेजुएलाको तेल कब्जा गर्न अमेरिकाले सरकारमाथि हस्तक्षेप गरेको बताए । उनले त्यहाँको तेल आफू अनुकुल कठपुतली सरकार तयार गर्न अमेरिकाले जेनेजुएलाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै भेनेजुएला सरकारले गरेको प्रतिरोधप्रति एक्येवद्धता जनाए ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सपथ समारोहमा सहभागी भएका (नेकपा)का नेता बलराम बास्कोटाले जेनेजुएलामाथि गरेको हस्तक्षेप लोकतन्त्रकै विरुद्धमा भएको बताए । उनले अमेरिकाले भेनेजुएलाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।
मोर्चाका सदस्य तथा कार्यक्रमका सभापति नारेश ज्ञावलीले अमेरिकाले युुद्ध र हतियारको व्यापार चाहेकोले भेनेजुएलामाथि हस्तक्षेप गरेको बताए । उनले साम्राज्यवादविरुद्ध सबैले आवज उठाउनु पर्ने बताए ।