आखीर यस्तो सम्बन्ध पो रहेछ दिल निशानी र सोनीकाको

काठमाडौं, १६ माघ । पछिल्लो समयमा निकै चर्चामा आएका चर्चित लेखक तथा पत्रकार दिल निशानी मगरले सामाजिक सञ्जाल आफ्नै फेसबुक वालमा एक तस्विर पोस्ट गरेका छन् ।

मगरले सोनिका रोकायासँगको तस्विरसँगै एक स्टाटर समेत शेयर गरेका छन् । काठमाडौं आएपछि आफूले धेरै साथी नबनाएको मगरले बताएका छन् ।

उनी भन्छन ”काठमाण्डौ शहर आएपछी धेरै साथीहरु बनाईएन। तर सिमीत साथीहरु मध्य सोनिका नजिककी साथी हुन्, जसलाई म आफ्ना सबैकुरा शेयर गर्न सक्छु। आज भेट्यौ, रमायौ।”

आफूले सीमित साथी मात्र बनाएको र ती साथीहरु मध्ये सोनिका आफ्नो नजिकको साथी भएको उनले लेखेका छन् । सोनिकासँग आफ्ना सबै कुरा शेयर गर्ने गरेको उनले उल्लेख गरेका छन् ।

मगरको उक्त पोस्टमा तीन सय ७५ भन्दा बढी प्रतिक्रिया आएका देखिन्छन। सामाजिक सञ्जालमा बढी सक्रिय हुने मगर नयाँ नयाँ फण्डाका कारण चर्चामा आइरहन्छन् ।