छिमेकीको करोडौं ठग्ने महिला यस्तो भन्छिन् ! किन यस्तो गरीन् यिनले

पोखरा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

१ महिनादेखि सम्पर्कविहीन सरीता विरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । पहिला सापटी माग्ने अनि रकम नभएको खाताको चेक दिने र कसैकसैलाई पैसा नै नदिएर सरीताले झुक्याउँदै आएको पीडितहरुले बताएका छन् ।

पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आपूmहरु सरीताबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका थिए ।

उनीहरुले उजुरी दर्ता गरेपछि सरीताविरुद्ध अरु पनि उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । हालसम्म ५० भन्दा बढीले आफूहरु ठगिएको भन्दै प्रहरीसँग नाम टिपाएका छन् । घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ ।