दुबै खुट्टा नभएका बुद्धिका लागि यति ठूलो त्याग गर्ने यी संसारकै महान नारी (भिडियो)

गोरखाका बुद्धि बहादुर ढकालको वैदेशिक रोजगारिका क्रममा दुवै खुट्टा गुमाए। गुमेपछि ढकालले सहयोगको लागि अपिल गर्दै विभिन्न मिडियामा देखिए। उनका अन्तर्वार्ता हेरेपछि मलेसियामा काम गर्दै आएकी राधिका हमाल निकै भावुक भएकी थिइन्। जसकारण उनले कल गरेर उनलाई नेपाली १० हजार रुपैया पठाइन।
त्यसपछि उनीहरुको फोन मै कुराकानी हुन् थाल्यो। कुरा गर्दै जाँदा राधिकाले उनलाई तपाई संगै अबको जीवन विताउन चाहान्छु भनेको थिइन्। तर राधिकाको कुरा सुनेर शुरुमा विश्वास नै नलागेको ढकाल बताउँछन।

अहिले उनी जीवनभर सहारा दिने सपना बोकेर एक हफ्ता अघि नेपाल फर्किन। अहिले यी जोडी विवाह बन्धनमा बाधिए पछि सँगै बस्दै आएका छन्। अपाङ्ग भएका कारण आफन्त र श्रीमतीले समेत् छाडेका उनले अहिले राधिका जस्ती श्रीमती पाउनु निकै खुशी भएको बताए।

उनको पुर्वपत्नीले दुबै खुट्टा गुमेपछि श्रीमतीले उपचारकै क्रममा उनलाई अस्पतालमै छोडेर हिडेकी थिइन्। अब उनले चाडै नै कृतिम खुट्टा उपचारको लागि सबै सम्पत्ति सकिएको बताउँदै उनले उपचारपछि भने आफ्नै खुट्टामा उभिने बताएका छन् । ‘अहिले सहयोग अपेक्षा गरेका उनले बाँकी जीवन समाजसेवामा बिताउने सोच बनाएका छन् ।

बाँकी भिडियो कुराकानीमा हेर्नुहोस