“आँशुको अर्थ “ गीत लाई युट्युबमा करोड भ्यूज, संचारकर्मी रबि अधिकारी शब्द र शिव परियारको स्वर रहेको यो भिडियो हेर्नुहोस

गत बर्ष जनवरी ९ मा रिलिज भएको बर्तमान नेपाली आधुनिक सङीतका सुप्रसिद्द गायक शिव परियारको स्वर रहेको अतिनै लोकप्रिय गीत ‘आँशुको अर्थ’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ । गायक परियारको चर्चीत गीत ‘पिलायो साथीले’ यस अघिनै करोड क्लबमा प्रवेश गरी अझ्झ धेरै यूट्यूब भ्यूज पाउने क्रम जारी नै छ ।

युट्युबमा रिलिज भएको एक बर्षमा गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको हो ।गीतले ५९ हजार लाइक्स प्राप्त गरेक्को छ भने ३ हजार ४ सय मात्रै डिस्लाइक्स पाएको छ ।गीतलाई २ हजार ८ सय बढी कम्नेट समेत मिलेको छ ।

पछिलो समय निकै चर्चामा रहेको “आँशुको अर्थ “गीतबाट गायक शिव परियार रेडियो कान्तिपुर द्वारा आयोजना गरिएको नेसनल म्युजिक अवार्ड 2075 मा यस बर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड समेत जित्न सफल भएका छन् ।

गीतलाई संचारकर्मी रबि अधिकारीले लेख्नु भएको हो भने संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।रंगपत्रकरितामा आफ्नो भिन्दै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखन तथा चलचित्र निर्माण समेत आफुलाई प्रस्तुत गर्नु भएको छ ।गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका हुन् ।

‘आँशुको अर्थ’ को भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेकड़िंग गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिंग ,मास्टरिङ गरेका हुन ‘