शिल्पा लाई धोखा दिदै रक्षासंग लागे पछी गौरव : देशु गोले म्युजिक भिडियो

बिगत लामो समय देखी बेलायतमा बस्दै आउनु भएकी नेपाली गीतसंगीतमा सक्रिय रहेकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत ‘यो दिलको राजा’बजारमा ल्याएकी छन् । उक्त म्युजिक भिडियो उनको आफ्नै युटुब मार्फत सार्बजनिक भय पनि अहिले गएर स्कटनेपाल अनलाइन टिभीले प्रसारण गरेको छ ।

सारै मन छुने संगीतमा सजिएको यो गित देशुकै शब्द रहेको गीतमा नेपाली ताराका विजेता गायक प्रताप लामाको संगीत रहेको र लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।

लभ फ्लेभरमा रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय शिल्पा पोखरेल र रक्षा श्रेष्ठसँग अभिनेता गौरव पहारीको अभिनय देखिन्छ। भिडियोमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।

ज्ञानेन्द्र शमाले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन्। देशुले यसअघि ल्याएको म्युजिक भिडियो ‘सायद मलाई’बोलको उक्त गीतलाई दर्शकले देश विदेश बाट निकै रुचाएका थिए ।

देशु गोले भन्नु हुन्छ ‘यो गीतलाई पनि रुचाइदिनु हुन्छ भन्ने ठुलो आशा र विश्वास छ,’‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ ।’गित संगीत लाइ माया गरि दिनु होला यति भन्न चाहन्छु ।

त्यस्तै देशु गोलेको ”जोडौ जोडौ घर” भन्ने उक्त म्युजिक भिडियोको छायांकन बेलायतमा सक्कियको छ र छिट्टै बजार ल्याउने तरखरमा उहा हुनुन्छ छायांकन सम्बन्धित केहि दृश्य हरु यसै भिडियोको अन्तिममा हेर्न सक्नु हुनेछ ।

हेर्नुहोस उक्त म्युजिक भिडियो ‘यो दिलको राजा’: